Ad image

समुन्नति परियोजना अन्तर्गत कृषि पर्यायवरणमा आधारित व्यावसायिक तरकारी खेती तालिम सुरु

मालश्री खबर
मालश्री खबर १७ फाल्गुन २०७९, बुधबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,१७ फागुन रोल्पा । समुन्नति परियोजना अन्तर्गत कृषि पर्यावरणमा आधारित व्यावसायिक तरकारी तालिम थबाङ गाउँपालिका गाउँपालिका १ को सामुदायिक  सभाहल, थबाङमा आइतबार देखि सुरु भएको छ।

युकेएडको आर्थिक सहयोग तथा प्राक्टिकल एक्शन र विकास सरोकार समाज डिकोसको समन्वयमा तालीमको आयोजना गरिएको हो।रोल्पा जिल्लाका परिवर्तन गाउँपालिका र थबाङ गाउँपालिका तथा रुकुम पूर्व जिल्लाका भूमे गाउँपालिका र पूथा उत्तर गंगा गाउँपालिका गरि जम्मा ४ पालिकाका ३५ समूहका अगुवा कृषकहरुलाई तालीम दिएको आयोजकले जानकारी दिएको छ।

तालीम आयोजना गर्नुको उद्देश्यको बारेमा प्राक्टिकल एक्शनका परियोजना अधिकृत दिपेन्द्र भुजेलले समुन्नति परियोजनाले दाङ,रोल्पा र रुकुम पूर्वका ८ गाउँपालिकामा काम गर्दै आएको बताउनुभयो।

- Advertisement -
Ad image

जस अन्तर्गत कृषकहरुलाई जलवायु अनुकूलन तरकारी खेती गर्न प्रोत्साहित गर्दै परियोजनामा आवद्ध ५५ सय घरधुरीमै पूनर्जन्मकारी कृषि प्रविधीहरु पुर्‍याई सुरक्षित कृषि उत्पादन गर्ने लक्ष्य लिएको छ भने त्यसैको लागि तालीम आयोजना गरिएको बताउनुभयो।

 

थबाङ गाउँपालिकाका अध्यक्ष ॠषिकेशव बुढा मगरले पहिले पनि यस खालेको तालीम भएको बताउदै,आफ्नो अनुरोधमा यो खालेको तालीम आयोजना गरिएको समेत बताउनुभयो।साथै थबाङ गाउँपालिकाको कृषि क्षेत्रमा के गर्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण रहेकोे बताउदै,शिक्षा,स्वास्थ्य,कृषि र पर्यटनमा विषेश जोड दिने पक्षमा आफूहरू भएको समेत बताउनुभयो।

बुढा मगरले एक दिन थबाङ गाउँपालिका भित्रका सबै जनप्रतिनिधिहरुले पनि ओरिन्टेश्नमा सहभागी भएर केही कुरा सिक्ने समेत उनलेे भने।तालीमको प्रशिक्षकको रूपमा शिव यन्ध्योले तालीममा सहभागी कृषकहरुलाई बाली पात्रो,प्लास्टिक टनेल,व्यवस्थापन,रोग किरा नियन्त्रण,जैविक झोल मल,जैविक कम्पोष्ट मल,जैविक विषादी र जैविक भिटामिन लगायतका कुरा सिकाइएको विकास सरोकार समाज डिकोसका अधिकृत सुनिता घर्ती मगरले जानकारी दिनु भएको छ।

तालीम फागुन १४ गते देखि १६ गतेसम्म ३ सम्म जारी रहने बताइएको छ।तालीममा रोल्पाका दुई पालिका र रुकुम पूर्वका दुई पालिकाबाट ३५ कृषक समूहका अगुवा कृषकहरू र प्रत्येक ४ पालिकाबाट सिकाई केन्द्रका ४ तथा प्रत्येक ४ पालिकाका स्थानीय स्रोत व्यक्ति गरी जम्मा ४३ जना तालीममा सहभागी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

Array