Ad image

सहासद्धारा किशोर किशोरीलाई २ दिने घर बगैँचा सम्बन्धि तालिम प्रदान

मालश्री खबर
मालश्री खबर १६ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर फागुन १६ गते, रोल्पा ।

केही वर्ष यता सहयोगी हातहरुको समुह (सहास) नेपालले जिल्लाका विभिन्न स्थानमा भएका किशोर तथा किशोरीहरुलाई जिवन निवार्हमुखी सीप तथा तालिमहरु प्रदान गर्दै आएको छ । सहास नेपालले सुनिलस्मृती गाउँपालिका भित्रका विभिन्न वडामा आफ्ना कार्यक्रमहरु लागू गरेको बताएको छ । सोही कार्यक्रम अनुसार सहयोगी हातहरुको समुह सहास नेपालले सुनिलस्मृती गाउँपालिकाको वडा नम्बर २, वडा नम्बर ४ र वडा नम्बर ८ का किशोर किशोरीलाई २ दिने घर बगैँचा सम्बन्धि तालिम दिएको छ ।

 

सुनिलस्मृति गाउँपालिका वडा नम्बर ८ चिन्नेमा माघ २७ र २८ गते, वडा नम्बर ४ कोईरालाखर्कमा फागनु ६ र ७ गते र वडा नम्बर २ खुंग्री १२ र १३ गते उक्त तालिम दिएको हो । चिन्ने, कोईरालाखर्क र खुंग्रीका किशोर किशोरी गरी जम्मा ४५ जना तामिलमा सहभागी भएका थिए । घर बगैचा तालिम कार्यक्रमको सहजिकरण परियोजनाका जिविकोपार्जन अधिकृत प्रेम श्रेष्ठले गर्नु भएको थियो ।

- Advertisement -
Ad image

किशोर किशोरीहरुलाई आय आर्जन मार्फत दिगो जिविकोपार्जनमा अग्रसार बनाउने उद्देश्यका साथ घर बगैँचा सम्बन्धी तालिमको आयोजना गरेको सहास नेपाल, सिड्स परियोजना जिल्ला कार्यक्रम संयोजक सरोज पन्थीले जानकारी दिनुभएको छ । दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तिकरण (सिड्स) परियोजना अन्तर्गत यस कार्यक्रम आयोजना गरीएको पन्थीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

Array