सिद्धनाथ प्राविमा वलीका दुई दाजुभाईद्धारा अक्ष्यकोष स्थापना

मालश्री खबर
मालश्री खबर १६ फाल्गुन २०७९, मंगलवार
1 Min Read
Aa

उमा बस्नेत

मालश्री खबर/ फागुन १६ गत, रोल्पा ।

माडी गाउँपालिका वडन नम्बर १ धारावासा निवासी राजनितिज्ञ तथा समाजसेवी कुशल वली ‘सन्दिप’ र देबबहादुर वली ‘दिनेश’ ले विद्यालयमा अक्ष्यकोषको स्थापना गरेकाछन् । स्वर्गीय बुवा भिमलाल वली र आमा मैमा वलीको स्मृतिमा सिद्धनाथ प्राथमिक विद्यालयमा रु ३० हजारको अक्ष्यकोषको स्थापना गरेको हुन् । उक्त विद्यालय माडी गाउँपालिका १ पेडीखोला रोल्पामा अवस्थित रहेको छ ।

उक्त अक्ष्यकोषबाट प्रत्येक वर्ष विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गने साथै जेहेनदार तथा गरिब विद्यार्थीहरुलाई छात्राबृत्ति वितरण गर्ने कुशल वली ‘सन्दिप’ले जानकारी दिनुभएको छ । साथै आगामी वर्षमा अक्ष्यकोषको आकारलाई बढाउँदै जाने पनि वलीले बताउनु भएको छ ।

विद्यालयको स्तर उन्नति गर्नको लागि सम्भावना हुदाँहुदै पनि थप प्रगति गर्न नसकेको बताउदै राज्यले उक्त विद्यालयलाई नहेरेको चाहेअनुरुप विद्यालयको स्तर उन्नति गर्न नसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनविर खत्रीले बताउनु भयो । साथै विद्यालयको थप प्रगति र हौसालको निमिक्त आफ्नो विद्यालयमा अक्ष्यकोष स्थापना गरेकोमा वलीद्धय लाई धन्यवाद तथा अभार प्रकट गर्नु भएको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्णबहादुर घर्तिमगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सोही विद्यालयका शिक्षक चन्द्रबहादुर घर्तिमगरले गर्नु भएको थियो विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्