Ad image

चिन्नेमा आगलागीबाट एक जना पुरुषको मृत्यु, शबको पहिचान हुन सकेन

मालश्री खबर
मालश्री खबर १५ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

 

मालश्री खबर / फागुन १५ गते, रोल्पा ।

रोल्पामा आगलागीबाट एक जना पुरुषको मृत्यु भएको छ । मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ । जिल्लाको सुनिल स्मृती गांउपालिका वडा नं ८ चिन्ने निबासी भुप नारायण घर्तिको मानिस नबस्ने ढुङ्गा ÷माटोले बनेको र जस्ताले छाएको १ तलेको २ कोठे खाली घर रहेको बताईको छ । उक्त घर १ कोठामा मानिस वस्ने र अर्को मा गाई भैसि वाध्ने, खर, पराल, दाउरा राख्न बनाएको गोठमा एक्कासी आगलागि भएको स्थानियले देखेपछि आगो निभाएका थिए ।

- Advertisement -
Ad image

 

उक्त घरमा बिहान साढे २ बजे खर परालले छोपिएको अवस्थामा स्थानियले एक मृत पुरुषको शब देखेपछी इलाका प्रहरी कार्यलय सुलिचौरमा जानकारी गराएका थिए । खबर पाए लगतै इलाका प्रहरी कार्यलय सुचिलौर रोल्पाबाट प्रहरी निरिक्षकको कमाण्डमा ९ जनाको प्रहरी टोलि घटना स्थल पुगी आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको र शबलाई निकालिएको छ ।उक्त लाशको पहिचान हुन नसकेको इप्रका सुलिचौरले बताइएको छ । घर धनि रोजगारीको शिलशिलामा भारत तर्फ गएको र आफ्ने श्रिमती कामको शिलशिलामा नवरपरासी तर्फ गएको स्थानीयले बताएका छन् । उक्त घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array