Ad image

रोल्पा अस्पतालको मन्त्री महराद्धारा निरिक्षण

मालश्री खबर
मालश्री खबर १५ फाल्गुन २०७९, सोमबार
3 Min Read
Aa

भरत नेपाली,

मालश्री खबर, फाल्गुन १५ रोल्पा । लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री जोख बहादुर महराले रोल्पा अस्पतालको लागि निर्माणाधीन ५० शैयाको भवनको निरिक्षण गर्नु भएको छ । रोेल्पा नगरपालिक–२ रेउघामा लामो समय देखि निमार्ण कार्य शुरु गरिएको ५० शैया रोल्पा अस्पतालको लागि निमार्णाधिन भवनको लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री जोख बहादुर महराले आइतबार अनुगमन तथा निरिक्षण गर्नु भएको छ । विभिन्न कार्यक्रमको शिलशिलामा रोल्पा आउनु भएका मन्त्री महराले अस्पताल भवनको निमार्ण कार्यमा ढिला सुस्ती भई रहेको विषयमा जनगुणासो आए पछि भबनको निरिक्षण गर्नु भएको हो ।

आर्थिक वर्ष २०७६÷०७७ को असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने श्री जयन्ती निर्माण कम्पनीले २९ करोड ५१ लाख २२ हजार लागतमा २०७४ असोज ३० ठेक्का सम्झौता भएको गरेको थियो तर सम्झौतामा उल्लेख भए अनुसार मिति सकिएको लामो समय विति सक्दा पनि रोल्पा अस्पतालको भबनको निमार्ण कार्य हुन नसके पछि निमार्ण कम्पनीलाई अस्पताल प्रशासन, उपभोक्ता, संघ, प्रदेश र अन्य क्षेत्र बाट ताकेता भए पछि मात्र निमार्ण कम्पनीले मंसिर अन्तिम साता देखि निरन्तर निमार्ण कार्य शुरु गरेको थियो ।

- Advertisement -
Ad image

निमार्ण कार्य शुरु गरे पछिको भवनको पछिल्लो अवस्था र प्रगति विवरण बुझन मन्त्री महरा रोल्पा अस्पताल पुग्नु भएको थियो । अस्पतालको भवन निरिक्षणको क्रममा मन्त्री महराले १५ शैयाको जिल्ला अस्पताललाई स्तरबृद्धि गरि ५० शैयाको स्वीकृति पाइ सकेको र भवनको निमार्ण कार्य सम्पन्न भए पछि सबै खालका स्वास्थ्य सेवा अस्पताल बाट दिन सकिने बताउनु भयो ।

त्यस्तै महराले रोल्पालीहरु उपचारको लागि धेरै पैसा खर्च गरेर बुटवल,नेपालगंज लगाएका शहरहरुमा जानु पर्ने बाध्यता हटने बताउदै रोल्पा अस्पताल बाट सबै स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि आवश्य जनशक्ति र सामाग्रीहरुको व्यवस्थापन गर्न लुम्बिनी प्रदेश सरकार लागि पर्ने बताउनु भयो । विगत लामो समय देखि भवनको निमार्ण कार्य रोकिए पछि सरकारले निमार्ण व्यवसायीको लाइसेन कालो सूचिमा राखि ठेक्का तोडन लागे पछि निमार्ण व्यवसायीले २०८० असार महिना सम्म काम सम्पन्न गर्ने गरि अस्पतालको भवन निमार्ण सुरु गरेको बताउदै हाल सम्म ९५ प्रतिशत भन्दा बढी काम सम्पन्न गरि सकेकोले केहि महिना देखि नयाँ भबन बाट सेवा दिने अस्पताल व्यवस्थापन समितिको अध्यक्ष फपिन्द्र आचार्यले बताउनु भयो ।

 

२०४१ सालमा निर्माण भएको रोल्पा अस्पतालको पुरानो भवनको जीर्ण हुनु का साथै जनशक्तिको समेत अभावले रोल्पालीहरु स्वास्थ्य सेवा लिन बाट बञ्चित हुदै आएका थिए । जिल्ला रोल्पा अस्पतालको भवनको निमार्ण पश्चात अस्पताल १५ शैया बाट स्तरबृद्धि भई ५० शैयाको स्वीकृति पाइ सकेको र आवश्यक मेसिनरी सामान, चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिको समेत स्वीकृति भइसकेकोले विशेषज्ञसहितको सेवा पाउने जिल्लाबासीको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array