Ad image

प्रथम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लिबाङमा शुरु

मालश्री खबर
मालश्री खबर १४ फाल्गुन २०७९, आईतवार
6 Min Read
Aa

लोकेन्द्र चन्द / मालश्री खबर फागुन १४ गते, रोल्पा ।
प्रथम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतबार सदरमुकाम लिबाङमा एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । जिल्ला खेलकुद विकास समिती रोल्पाको आयोजना र रोल्पा नगरपालिकाको व्यवस्थापनका शुरु भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जोख बहादुर महराको प्रमुख आथित्यता र लुम्बिनी प्रदेश सभा सदस्य  दिपेन्द्र कुमार पुनको बिशिष्ट आथित्यतामा उद्धघाटन गरिएको आयोजकले जानकारी दिएको छ । उद्धघाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री जोखबहादुर महराले जनताको लागी देखिने खालको बिकास निर्माणका काममा निरन्तरता लागि रहने बताउनु भएको छ ।

 

प्रथम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उद्घाटन कार्यक्रममा प्रमुख अथितीको रुपमा बोल्दै उँहाले सो कुरा बताउनु भएको हो । जिल्लामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सभ्य र भब्य ढंगबाट सम्पन्न होस भनि शुभकामना समेत व्यक्त गर्नु भएको छ । जिल्ला भित्रका माध्यमिक विद्यालयहरुबाट खेलकुदका विभिन्न विधामा सहभागी भएका विद्यार्थीहरुलाई मैत्रीपूर्ण ढंगले उच्च अनुशासित भई खेल खेल्न आग्रह गर्नु भयो । नियम संगत खेलमा सहभागी भई अब्बल खेलाडिको रुपमा आफुलाई साबित गर्दै अगाडी बढ्न विद्यार्थीहरुलाई सुझाब दिनु भएको छ । खेल व्यक्तिको लागि मात्र आवश्यक नभई परिवार, समाज, गाउँ, जिल्ला, राष्ट्रको लागि महत्वपूर्ण माध्यम भएको बताउनु भयो ।

- Advertisement -
Ad image

खेलकुदको माध्ययमबाट आफ्नो जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चिनाउनको लागि यस्ताखाले खेलले महत्वपूर्ण योगदान दिने कुरा उल्लेख गर्नुभएको छ । शिक्षा, खेलकुदका साथसाथै विद्यार्थीले अनुशासित ढंगले खेलमा प्रतिसपर्धा गर्न आग्रह गर्नु भएको छ । जिल्लामा हुने यस्ता प्रतियोगिताबाट छनोट हुदै अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा राख्ने खुबी बनाउन सम्पुर्ण विद्यार्थी खेलाडीलाई सुझाव समेत दिनुभएको छ । हारमा नआत्तिने गरी र जितमा नमात्तिेन गरी खेललाई अनुशासित ढंगबाट अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको छ । पालिका स्तरबाट छनौट भइ अहिले जिल्ला सम्म आएको र जिल्ला बाट प्रदेश हुदै राष्टिय तथा अन्तराष्टिय स्तर जान समेत सुझाब दिनु भएको छ । जिबन संग हार नखाएर निरन्तर मेहनतका साथ अगाडि बढ्न आग्रह समेत गर्नुभयो ।

 

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पनुले लुम्बिनी प्रदेशमा गत सालमा अयोजना भएको खेलकुद प्रतियोगितामा जिल्लाबाट खेलाडीहरु सहभागिता नभएकोमा आफुलाई लज्जाबोध भएको स्मरण गदै यस बर्ष रोल्पाले पनि प्रदेशमा आयोजना हुने खेलकुद प्रतियोगितामा खेलाडीहरु सहभागी हुने अपेक्षा लिएको लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पनुले बताउनु भएको छ । अहिले खेलकुद बिकास समितिको अध्यक्षमा नयाँ र खेलकुदु सम्बन्धि ज्ञान भएका व्यक्ति आएकाले सबै पालिकामा खेलकुदका कार्यक्रम सम्पन्न गराउन सफलभएको दाबी गर्नु भयो ।

विगतको इतिहास शिक्षा, वर्तमान कर्म र भविष्य सपना भएको बताउदै वर्तमानमा गरिने कर्मलाई सभ्य ढंगले मिहिनतका साथ गरेमा सफलताको शिखरमा निश्चयनै पुग्न सकिने कुरा उल्लेख गर्नुभयो । अहिले सम्पुर्ण अविभावकले आफ्ना छोराछोरीको लागि सपना देखाउने काम नगरेको र स्वम् छोराछोरीले पनि आफ्नो सपना के हो ? भन्ने कुरा नबुझ्दा धेरै बालबालिका आत्महत्याको सिकार भईरहेको बताउनु भएको छ । उहाँले सम्पुर्ण विद्यार्थीहरुलाई गलत बाटोमा जाने सपना नदेख्न आग्रह गर्दै शिक्षा प्राप्त गरेपछि समाज रुपान्तरणको लागि काम गर्न सक्ने गरी आफ्नो सपनाको खाका कोर्नु पर्ने भनाई राख्नु भएको छ । आफुले सम्पुर्ण नागरीकलाई सुयोग्य नागरीक भएको देख्न चाहेको भन्दै विद्यार्थीलाई खेलकुदको माध्यमबाट आफ्नो सर्वाङगीन विकास गर्न आग्रह गर्नु भएको छ ।

खेलकुद पुर्वाधार अभावका बाबजुट पनि आफ्नो खेललाई निरन्तरता दिएकोमा खेलाडीलाई कृतज्ञता प्रकट गुर्न भयो । साथै आफ्नो खेलकुदको यात्रालाई निरन्तरता दिन आग्रह गर्दै सांसद पुनले आफ्नो तह र तप्काबाट खेलक्षेत्रको विकासमा सधै साथ र सहयोग रहने कुरा उल्लेख गर्नु भएको छ ।

कार्यक्रममा लुम्बिनी सभा सदस्य मिना बुढामगर, जिल्ला समन्वय समिती रोल्पाका प्रमुख सिता आचार्य, जिल्ला स्थित सम्पुर्ण पालिका प्रमुखहरुको तर्फ बाट रोल्पा नगरपालिका मेयर सुरेन्द्र थापा घर्ति, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे,नेपाली कांग्रेस रोल्पाकी उपसभापति कबिता उपाध्याय, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य घनश्याम आचार्य, नेकपा माओबादी जिल्ला समन्वय समिती रोल्पाका सचिव पुर्ण केसि, नेकपा एकिकृत समाजबादी पाटी रोल्पाका अध्यक्ष टंक बुढामगर र नेपाल कम्यनिष्ट पाटी रोल्पाका मध्य व्यूरो इन्चार्ज खिमरा पुन लगाएत शुभकामना मनतव्य राख्नु भएको थियो । जिल्ला खेलकुद बिकास समिती रोल्पाका अध्यक्ष मोलङ घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला स्थित सबै सुरक्षा निकार्यका प्रमुखहरु, वडा अध्यक्ष, पत्रकार लगाएतको आथित्यता रहेको थियो ।

फाल्गुण १४ गते देखि सञ्चालन भएको प्रथम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १७ सम्म सञ्चालन हुने जिल्ला खेलकुद विकास समिती रोल्पाका उपाध्यक्ष हेमन्त खत्रीले जानकारी दिनु भएको छ । कार्यक्रममा महिला पुरुष भलिबल, कवडी, एथलेटिक्स बिधा , टेक्वानडो बिधा, कराते बिधाका सम्पुर्ण खेलहरु र उसु रहेको खत्रीले बताउनु भएको छ । कार्यक्रमका रोल्पा जिल्ला भित्र रहेका १० वटै पालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृत भएर पालिका बाट छनोटमा परेका खेलाडीहरुको सहभागिता रहेको बताइएको छ । सहभागि पालिकाहरु मध्यबाट सबै भन्दा धेरै पदक जित्ने पालिकाले नै शिल्ड लैजाने समेत बताइएको छ । जिल्ला खेलकुद विकास समिती रोल्पाका उपाध्यक्ष हेमन्त खत्रीको स्वागत मनतव्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद विकास समिती रोल्पाका रेफ्री सोम बहादुर घर्तिमगरले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array