Ad image

आर्थिक मामिला मन्त्री महराद्धारा कार्यालय प्रमुखहरुसँग भेटघाट

मालश्री खबर
मालश्री खबर १४ फाल्गुन २०७९, आईतवार
1 Min Read
Aa

उमा बस्नेत

मालश्री खबर, फागुन १४ गते, रोल्पा ।

 

लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री जोखबहादुर महराले रोल्पा जिल्ला स्थित सम्पुर्ण सरकारी कार्यालयका प्रमुखहरुसँग भेटघाट गर्नु भएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय रोल्पामा उक्त भेटघाट कार्यक्रम भएको महराका सोकिय सचिव भरत नेपालीले जानकारी दिनु भएको छ । भेटघाटको क्रममा मन्त्री महराले सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवा चुस्त, दुरुष्ट, पारदर्शि र भरपर्दो सेवाग्राहिमुखी हुन पर्ने बताउनु भएको छ ।

- Advertisement -
Ad image

उँहाले सम्पुर्ण सरकारी कार्यालयलाई छिटो, छरीतो, पार्दर्शि र सरल तरीकाले सेवा दिन कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । साथै जनताको गुनासोलाई तत्काल सम्बोधन गरी उनीहरुको समस्या समाधान गर्न तर्फ सम्पुर्ण सरकारी कार्यालयका प्रतिबद्ध हुनु पर्ने धारण समेत व्यक्त गर्नु भएको छ । महराले सम्पुर्ण सरकारी कार्यालय जनमुखी हुनु पर्ने भन्दै जनताको भावना भन्दा विपरीतको कार्य गरेमा त्यस्तो गर्ने कार्यालयलाई कानुनको दायरामा ल्याउने चेतावनी समेत दिनु भएको छ । भेटघाट कार्यक्रममा रोल्पा जिल्ला स्थित रहेका संघिय र प्रदेश अन्तरर्गत कार्यालयका प्रमुख प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

Array