Ad image

नेशनल माइक्रोफाइनान्सकोे समुह अध्यक्ष तथा कार्यशाला गोष्ठि तथा बित्तीय साक्षारता कार्यक्रम सम्पन्न

मालश्री खबर
मालश्री खबर १४ फाल्गुन २०७९, आईतवार
3 Min Read
Aa

 

भरत विश्वकर्मा
मालश्री खबर, फागुन १४ गते, रोल्पा ।

नेशनल माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यलय लिबाङ रोल्पाको समुह अध्यक्ष तथा कार्यशाला गोष्ठि तथा बित्तीय साक्षारता कार्यक्रम आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ ।

- Advertisement -
Ad image

कार्यक्रममा बोल्दै प्रमुख अतिथी केशबप्रसाद आचार्यले सस्थाको आफ्नै ऐन, नीति, नियम भएको बताउदै बार्षिक समिक्षा बर्षभरीको कार्य प्रगती बिवरण तथा कार्यसम्पादनका लागि यो कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । जिल्लामा भएको उत्पादनले यहाँका ब्यक्तीहरुको सम्मान हुनुका साथै यस क्षेत्रमा धेरै सम्भावना भएको कुरा बताउदै जनताको जिबन स्तर परिवर्तनका लागि ब्यवसाायिकरण गर्न यो संस्था गाउँ गाउँमा पुगेको बताउनु भयो । निर्यात भन्दा आयात बढि भएकाले अहिले देशको आर्थिक अबस्था कमजोर भएको जानकारी दिनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी रोल्पा उद्योग बाणिज्यसंघ रोल्पाका अध्यक्ष केशब कुमार आचार्यले माइक्रोफाइनान्सले उद्यमि बन्न सहयोग पुराएको र ब्यक्तीको जिवन स्तर अगाडी बढाउन सहयोग पु¥याएको बताउनु भयो । जिवन स्तर परिवर्तन गर्नकालागि आवश्यकतामा जोड दिनु पर्ने कुरा बताउनु भएको छ । ब्यवसायी गर्न भनी लिएको ऋिण रकमलाई अनावश्यक कार्यमा प्रयोग नगर्न आग्रह गर्नुभएको छ । फाइनान्सले ऋिन उपलब्ध गराए पश्चात् ब्यवसायीको अनुगमन गर्न आग्रह गर्नुभएको छ ।

यस्तै कार्यक्रममा बोल्दै अर्का बिशिष्ट अतिथी वडा नं २ का वडा अध्यक्ष प्रकाश डाँगिले आफ्नो वडाको टोल—टोलमा बित्तीय संस्था भएको र ब्यक्तिले ऋन लिए पश्चात तिर्न नसकेर आफ्नो ब्यथा सुनाएको प्रति ऋण लिए पछि तिर्नु पर्छ र लिएको ऋिणलाई सही तरिकाले सदुपयोग गर्न आग्रह गर्नु भएको छ । एक जना ब्यक्तिले दुइ भन्दा बढि फाइनान्समा आबद्ध भएका कारण ऋण सजिलै तिर्न नसक्ने अबस्था भएको बताउनु भयो । संस्थालाइ आवश्यकता हेरेर ऋिण बितरण गर्न आग्रह गर्नु भएको थियो ।

 

ऋण बितरण गर्दा संस्थाको सम्पुर्ण नीति, नियम बुझाएर बितरण गर्न पनि सुझाव दिनु भएको छ । बंैकको ऋिण ल्याउन झनजटिलो हुने भएकाले सेवा ग्रााहिलाई ऋिण लिनु पुर्व र ऋिण प्राप्त गरीसके पछि आफुले निर्वाह गर्नु पर्ने दायित्वको बारेमा स्पष्ट भएर मात्र सेवालिन आग्रह गर्दै संस्थाको उत्तर— उत्तर प्रगितीको कामना सहित बधाइ तथा सुभकामना दिनु भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सस्था केन्द्रिय संचालक समितीका अध्यक्ष एवम् अर्थशास्त्री केशवप्रसाद आचार्यको प्रमुख आतिथ्यता तथा माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यलय समुहका प्रमुख माला रोकाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममको बिशिष्ट अतिथिमा रोल्पा उद्योग बाणिज्य संघ रोल्पाका अध्यक्ष केशब कुमार आचार्य रोल्पा नगर पालिका वडा नं २ का वडा अध्यक्ष प्रकाश डाँगि रहनुभएको थियो । कार्यक्रममा प्रहरी निरिक्षक देबिराम भण्डारी, माइक्रोफाइनान्समा आबद्ध समुहका सदस्यहरुको उपस्थिती रहेको आयोजकले बताएको छ । शाखा प्रमुख सन्तोषि बुढा मगरको स्वागत मनतब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन शाखाका कर्मचारी विष्णु पन्थिले गर्नु भएको थियो । कार्यक्रममा शाखामा कार्यलयमा आबद्ध भएका सस्थाका समुहलाइ उत्कृष्ट ३ समुह, सफल उद्धमीका साथै उत्कृष्ट बचतकर्तालाई समेत पुरस्कृत गरिएको त्याहा पुग्नुभएका भरत विश्वकर्माले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्