Ad image

सम्पुर्ण सेवाग्राहीहरुलाई उद्यमी बन्न नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सस्थाका अध्यक्ष आचार्यको आग्रह

मालश्री खबर
मालश्री खबर १३ फाल्गुन २०७९, शनिबार
3 Min Read
Aa

सम्पुर्ण सेवाग्राहीहरुलाई उद्यमि बन्न नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सस्था केन्द्रिय संचालन समितीका अध्यक्ष केशवप्रसाद आचार्यले आग्रह गर्नु भएको छ । नेशनल माइक्रोफाननान्स लघुवित्त वित्तीय सस्था लिमिटेड खुग्री शाखाले आयोजना गरेको कार्यक्रमका प्रमुख अथिती आचार्यले यस्तो बताउनु भएको हो ।
देश नै आर्थिक मन्दिमा गएको र बंैकहरुमा लगानी गर्नका लागि निक्षेप नभएकाले रिणीहरुले मागेजति रकम दिन नसकिएकाले ब्यवसाय पनि घट्दै गइरहेको बताउनु भएको छ । १७ खर्ब वार्षिक ब्यापार घाट ब्यहोरीरहेको नेपालले यसबाट पार पाउनका लागि र आर्थिक मन्दिबाट वच्नका लागि पनि ब्यवसाय बन्नु पर्ने धारणा उहाले राख्नु भएको छ ।

चिनमा प्रयोग नहुने मुर्ति, हिन्दुहरुले मात्र प्रयोग गर्ने जनै, प्रत्येक नेपालीहरुको भान्सामा पाइने गुन्द्रुक जस्ता सामान पनि चिनले नेपालमा विक्री गर्ने भएलेकाले हामी ब्यवसायिक बने वजारको कुनै अभाव नभएको उहाको भनाई छ । नेपाली भान्सामा प्रयोग हुने दाल, चामल, मैदा लगाएत सामान्य जिरा, धनिया, मेथि पनि भारतबाट आएको प्रसंग उल्लेख गर्दै ब्यवसायिक उत्पादन गर्न सके नेपालमा धेरै सम्भावना भएको बताउनु भएको छ ।

कार्यक्रमका विशिष्ट अतिथी सुुनिलस्मृति गाउँपालिकाका उपाध्यक्ष मिना थापाले लघुवित्तीय सस्थाहरुबाट लिएको रकम दुरुपयोग गर्दा समस्या उत्पन्न हुने गरेको बताउनु भएको छ । वित्तीय सस्थाहरुबाट लिएको रकम घर खर्चमा, रिण तिर्नमा खर्च गरेकाले किस्ता तिर्न नसकेर आत्मदाहा गर्ने सम्मको परिस्थिती आएको घटनाहरु सुनियकाले त्यसो हुन नदिनका लागि जुन उदेश्यका लागि रिण लिएको हो त्यही प्रायोजनका लागि प्रयोग गर्न समेत उहाले आग्रह गर्नु भएको छ ।

बित्तीय सस्थाहरुबाट रिण लिएर धेरैले आफ्नो आर्थिक अवस्था सुधारेको प्रसंग सुनाउदै उपाध्यक्ष थापाले रिण लिएको रकम सहि ठाउँमा सदुपयोग गरि स्वरोजगार बन्न सके त्यसबाट लाभ लिन सकिने बताउनु भएको छ । विभिन्न लघुवित्तीय सस्थाहरु गरिवीको रेखामुनि रहेकाहरुको जिवन स्तर उठाउनका लागि गाउँ–गाउँमा आएकाले तिनिहरुबाट लिएको रिण समयमै तिर्नु पर्ने बताउनु भएको छ । वित्तीय सस्थाहरुले महिलाहरुलाई एकै ठाउँमा राखेर ब्यवसायि बनाउन प्रेरित गर्नुका साथै उनिहरुलाई शसक्तिकरण गरिरहेकाले आफ्नो ब्यस्त समयको बाबजुत पनि कार्यक्रममा सहभागिता जनाएको प्रतिकृया उहाले दिनु भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सस्था लिमिटेड खुग्री शाखाले आयोजना गरेको समूह अध्यक्ष कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनु भएको हो ।

- Advertisement -
Ad image

समूहकी सदस्य पुनमकुमारी सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको अन्य अतिथीहरुमा सुनिलस्मृति गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष नेत्रबहादुर गिरी, समाजसेवी, वुद्धिजीवि प्रेमसिंङ भारति, पत्रकार गणेश केसी लगाएतको सहनु भएको थियो । खुग्री शाखा प्रमुख उदित नारायण थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन अनुगमन कार्यालय लिबाङका अनुगमन अधिकृत विष्णु पन्थिले गर्नु भएको थियो ।

कार्यक्रममा सहभागिहरुबाट उठेको जिज्ञासा तथा सुझावहरुको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय सस्था लिमिटेडका केन्द्रिय प्रतिनिधी निराजन श्रेष्ठले सम्बोधन गर्नु भएको थियो । सुनिलस्मृति गाउँपालिका वडा नं. २ को वडा कार्यालयको हलमा सम्पन्न गरिएको कार्यक्रममा विभिन्न केन्द्रका प्रमुख तथा शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array