Ad image

नेशनल माइक्रोफाइनान्स लद्युवित्त वित्तीय संस्थाले केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

मालश्री खबर
मालश्री खबर १२ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर, फागुन १२ गते, रोल्पा ।

नेशनल माइक्रोफाइनान्स लद्युवित्त वित्तीय संस्था लिमिटेड लिबाङ रोल्पामा केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन हुने भएको छ । उक्त संस्थाको आर्थिक बर्ष २०७८÷ ७९को केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम फागुण १४ गते बिहान १० बजे रोल्पा नगरपालिका वडा नं. २ पिपचौतारामा रहेको द सनराइज होटेलमा हुने संस्थाले जानकारी दिएको छ । उक्त गोष्ठिमा सम्पुर्ण रोल्पा जिल्लामा अवस्थित मिडियामा आबद्ध पत्रकारहरु तथा अन्यलाई उपस्थितिका लागि अनुरोध समेत गरेको छ । नेशनल माइक्रोफाइनान्स लद्युवित्त संस्था लिमिटेड नेपाल राष्ट्र बैकबाट “घ” बर्गको इजाजतपत्र प्राप्त संस्था हो ।

 

प्रतिक्रिया दिनुहोस्

Array