Ad image

मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिबिर चैत्र १६ र १७ गते घर्तीगाउँ स्वास्थ्य चौकीमा सञ्चालन हुने

मालश्री खबर
मालश्री खबर १२ फाल्गुन २०७९, शुक्रबार
3 Min Read
Aa

उमा बस्नेत
मालश्री खबर, फागुन १२ गते, रोल्पा ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डाँै, जिल्ला सामुदायिक आँखा केन्द्र लिवाङ र नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाको आयोजनामा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । २०७९ साल चैत्र १६ र १७ गते माडि गाउँपालिका २ घर्तीगाउँ स्वास्थ्य चौकीको भवनमा उक्त शिविर सञ्चालन हुने जिल्ला सामुदायिक आँखा केन्द्रका संस्थापक अध्यक्ष नौलसिङ पुनले जानकारी दिनुभएको छ । सो शिविरलाई मध्यनजर गर्दै आयोजकले रोल्पा र रुकुमका विभिन्न स्थानमा १ दिने मोतियाविन्दु छनौट शिविर सञ्चानल गर्ने समेत बताएको छ । आँखाका समस्या भएका सम्पुर्ण विरामीहलाई आफुलाई पाएक पर्ने ठाउँमा आँखा जाँच गराई लाभ लिन समेत आग्रह गरीएको छ ।

आयोजकले फागुन १८ गते गंगादेव गाउँपालिका वडा नम्बर ४ को पाखापानी स्वास्थ्य चौकी म्वालेखोला र फागुन २० गते गंगादेव गाउँपाकिला वडा नम्बर १ को ओत स्वस्थ्य चौकी मेलडाँडामा शिविर सञ्चालन गर्ने जनाएको छ । त्यसैगरी फागुन २१ गते माडि गाउँपालिका वडा नम्बर १ पेडीखोला वडा कार्यलयमा र फागुन २५ गते वडा नम्बर ६ कोर्चाबाङ स्वस्थ्य चौकी मिनाहीमा, सोही दिन अर्थात फागुन २५ गतेनै परिवर्तन गाउँपालिका वडा नम्बर ४ आरखोला राक्सेबाङ स्वास्थ्य चौकी पाछाबाङमा शिविर सञ्चालन गर्दै छ । फागुन २६ गते माडी गाउँपालिका ४, खर्सुडाँडा आधारभुत स्वस्थ्य चकेन्द्रमा शिविर आयोजना गरीने भएको छ भने सोही दिन अर्थात फागुन २६ गते नै भुमे गाउँपालिका ९ चुनबाङ गैरीगाउँ स्वास्थ्य चौकी पुर्वी रुकुमा, फगुन २७ गते परिवर्तन गाउँपालिका ६ ओबाङमा, फागुन २८ गते पुथा उत्तरगंगा गाउँपालिका कार्यालय तक पुर्वी रुकुममा, फागुन २९ गते थबाङ गाउँपालिका ४ सामुदायिक स्वस्थ्य इकाई थर्पुमा, फागुन ३० गते परिवर्तन गाउँपालिकाको कार्यालय पुतलाचौर मा र चैत्र ४ गते त्रिवेणी गाउँपालिका १ करेटीमा मोतियाविन्दु छनौट शिविर सञ्चालन हुने भएको छ ।

- Advertisement -
Ad image

 

विभिन्न शिविरबाट आँखा जाँच गराएकाहरु मध्ये मोतियाविन्दुको समस्या देखिएका विरामीहरुलको चैत्र १६ र १७ गते घर्तीगाउँ स्वस्थ्य चौकीमा निशुल्क शल्यक्रिया गरीदिने आयोजकले बताएको छ । उक्त शिविरमा निःशुल्क आँखा परिक्षण गरीने र आवश्यक परेका विरामीहरुलाई निःशुल्क औषधी वितरण गरीनुका साथै चश्माको भने शुल्क लाग्ने बताइएको छ । शिविरमा अप्रेशन गुर्नपर्ने बिरामीले खान र बस्नको व्यवस्था भने आफैले गर्नु पर्ने आयोजकले बताएको छ । साथै अप्रेशन गर्नुपर्ने महिलाहरुलाई अप्रेशन गरिसकेपछि रु १ हजार नगद प्रदान गर्ने बताईको छ ।

प्रतिक्रिया दिनुहोस्

Array