Ad image

रनिङ शिल्ड जित्ने खेलाडी र अभिभावकलाई वडा कार्यालय र आमसमुह द्वारा सम्मान

मालश्री खबर
मालश्री खबर ११ फाल्गुन २०७९, बिहीबार
4 Min Read
Aa

 

चित्र वियोग झाकृमगर

मालश्री खबर, फागुन ११ गते, रोल्पा ।

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा सुनछहारी गाउँपालिका स्तरीय प्रतियोगिता आयोजक समिति द्वारा आयोजित अन्तर विद्यालय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मा सुनछहरी गाउँपालिका ६ फगाम स्थित नेपाल राष्ट्रिय माविले सबैभन्दा उत्कृष्ट स्थान हासिल गरि शिल्ड हात सफल भएकोमा ६ नम्बर वाडा कार्यालय फगामले खेलाडी र खेलाडीका अभिभावकलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो भने स्थानीय साविकको ६ नम्बर स्वास्थ्य आमा समुहले फुल माला र अबिर लगाएर सम्मान गरेको थियो।

- Advertisement -
Ad image

 

विद्यालयले बुधबार आयोजना गरेको खेलाडीलाई बधाई तथा सम्मान कार्यक्रम अवसरमा पारी वडा तथा आमा समूहले सम्मान गरेको ६ नम्बर वडा कार्यालय फगामले जनाएको छ। मावि फगामले रनिङ शिल्ड निरन्तर तेस्रो पटक सम्म जिन्न सफल भएपछि सधैको लागी शिल्ड प्रतिष्ठित सम्पत्तिको रूपमा प्राप्त गरेको छ। फागुन ५ देखी ८ गत्ते सम्म रोल्बाङ मावि जेल्बाङमा सम्पन्न रनिङ शिल्ड प्रतियोगितामा खेलकुदका विविध विधामा उत्कृष्ट स्थान हासिल गरि ९ वटा माध्यमिक विद्यालयमध्ये सबैभन्दा धेरै स्वर्ण पदक लिएर शिल्ड हात पारेको हो। कार्यक्रम खेलाडी विद्यार्थीहरुलाई विद्यालयले विभिन्न शैक्षिक सामाग्री वितरण गरि पुरस्कृत समेत गरेको छ। विभिन्न खेलमा स्वर्ण पदक हासिल गर्ने खेलाडीहरुलाई विद्यालयमा लाग्ने अतिरिक्त शुल्क समेत मिनाहा गर्ने घोषणा गरेको छ।

विजय र्याली सहित विद्यालय परिक्रमा गरि सुरु भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि ६ नम्बर वडा अध्यक्ष अमरजित पुन रहनु भएको थियो। अन्य अतिथिमा सुनछहरी गाउँकार्यपालिका सदस्य निर्मला पुन, वडा सदस्य कर्ण बहादुर पुन, वडा सदस्य खुम बहादुर पुन,दलित महिला सदस्य कमला बि।क।,निवर्तमान वडा सदस्य उजल रोका क्षेत्री, समाज सेवि तथा विद्यालयका निवर्तमान अध्यक्ष हिमलाल पुन, नेपाल कांग्रेस वडा सभापति राम प्रसाद पुन,६ नम्बर वडा सचिब गन्ज बहादुर थापा,स्वास्थ्य चौकी फगामका प्रमुख रन्जित कुमार यादव ,युवा क्लबका प्रतिनिधि र खेलाडीहरुका अभिभावकहरुको आतिथ्यता रहेको थियो।शुभकामना तथा बधाई मन्तव्य क्रममा विद्यालयका निवर्तमान अध्यक्ष हिमलाल पुनले खेलकुदले शरिरिक तथा मानसिक रुपमा जो कोहिलाई स्वस्थ र तन्दुरुस्त राख्ने भएकोले स्वस्थ मानिसले मात्र अध्ययन कार्यमा सफलता पुर्वक गर्न सक्छ त्यसकारण आगामी दिनमा खेलक्षेत्र सगै शैक्षिक स्तरमा पनि अब्बल हुनुपर्ने कुरामा जोड दिनुभएको छ।

उहाका अनुसार सफलतामा पुग्ने जति चुनौती छन् सफलतालाई टिकाउने त्यतिकै चुनौती रहेकोले आगामी दिनमा यस तर्फ सबैले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभएको छ। त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष अमरजित पुन मगरले विद्यालयले इतिहासमा स्वर्णिम अक्षरले आफ्नो नाम लेख्न सफल भएकोमा आफू निकै हषिर्त भएको उल्लेख गर्नु भएको छ। यो सफलता हात पार्ने विद्यालय ब्यवस्थापन समिति,विद्यालय शिक्षक,खेल शिक्षक,खेलाडी र प्रतिभावान छोराछोरी जन्माउने अभिभावक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।

अध्यक्ष पुनका अनुसार खेलले मानिसलाई अनुशासित आत्मविश्वास,आत्मनिर्भरता देशभक्त जस्ता सतगुणको विकास गर्ने भएकोले यसको महत्त्वपूर्ण स्थान रहेकोले बताउनु भएको छ।आउदा दिनमा अन्य कार्यक्रममा सहभागी विद्यार्थिहरुलाई पनि खेल क्षेत्रमा निरन्तर अभ्यास गर्ने सुझाव दिनु भएको छ।विद्यालयका शिक्षक देउमन रोका क्षेत्रीको स्वागत मन्तव्य रहेको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर पुनको थियोे भने कार्यक्रमको सन्चालक प्रधानाध्यापक धन बहादुर पुन मगरले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्