Ad image

बराहक्षेत्र मा.वि.द्वारा आयोजित दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मा रजक ४ कास्य ४ स्वर्न पदक ७ हासिल संगै प्रथम स्थान हासिल, शिल्ड सामाजिक मा.वि. जुतुङखोलालाई

मालश्री खबर
मालश्री खबर ११ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

मालश्री खबर, फागुन १० गते रोल्पा । सामाजिक मा.वि लुङग्री गाउँपालिका वडा नं. ३ जुतुङ्ग्खोला रोल्पाले आफ्नै विद्यालय प्राङगणमा बिजय र्यालि मनाएको छ । औपचारिक रुपमा कार्यक्रम सन्चालन गरि कार्यक्रममा सहभागी भएर विजयी हासिल गरेका विद्यार्थीहरुलाई खादा फुल माला लगाई विद्यालयले सम्मान गरेको छ । कार्यक्रमका सभा अध्यक्ष विद्यालयका प्रधानाध्यापक खगेन्द्र खड्का रहनुभएको थियो । कार्यक्रम प्रमुख अथितिमा लुङग्री गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नेम बहादुर खड्का रहनु भएको थियो ।

कार्यक्रमको विशिष्ट अतिथि शिक्षक अभिभावक संघ अध्यक्ष चेतमान पुन रहनुभएको विद्यालयले बताएको छ । अन्य अथिति विद्यालय व्यवस्थापन समिति, अविभावकहरुको उपस्तिथिहरुको उपस्थिति रहेको त्यहाँबाट याम बहादुर खड्का उदाशीले जानकारी दिनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि खड्काले अब आगामी आउने दिनहरुमा अझै प्रगतिको शुभकामना दिँदै । खेल क्षेत्र जस्तै शिक्षा मा पनि उत्कृष्ट स्थान हासिल गर्न सुझाव दिनुभयो ।

- Advertisement -
Ad image

कार्यक्रमको संचालक शिक्षक केशर खड्काले गर्नु भयो । कार्यक्रम स्वागत मन्तव्य शिक्षक रामप्रसाद भुसालले गर्नुभएको थियो । उहाँले विभिन्न समस्यालाई समाधान गर्दै लामो समयको संघर्ष पछि जित हासिल गरेको बताउनुभयो । आउने बर्ष रनिङ शिल्ड सामाजिक माविले सभ्य र भब्य तरिकाले संचालन गर्ने कुरा बताउनुभयो । सामाजिक माबिलाई शिल्ड दिन विभिन्न खाले गतिविधि गरेको कारण हार लाई स्विकार्न नसकेकोले गर्दा ढिलो भएको विद्यालयका शिक्षक राजेन्द्र खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्