रोल्पा सनलाइट इङलिस बोर्डिङ स्कुलको १३ औं बार्षिकोत्सव तथा अविभावक दिवस आज एक कार्यक्रमका बिच उद्घाटन

मालश्री खबर
मालश्री खबर ९ फाल्गुन २०७९, मंगलवार
2 Min Read
Aa

उमा बस्नेत, मालीश्री खबर, फागुन ९ गते, रोल्पा । रोल्पा सनलाइट इङलिस बोर्डिङ स्कुलको १३ औं बार्षिकोत्सव तथा अविभावक दिवस आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । उक्त बोर्डिङ सुनिल स्मृति गाउँपालिका नं. ३ रुइनिबाङ रोल्पामा रहेको छ ।

 

उक्त कार्यक्रममा ब्राइट फ्युचर इंगिस बोर्डिङ स्कुलका प्रिन्सिपल तथा प्यासन रोल्पाका अध्यक्ष नौलसिङ पुन, रोल्पा प्रभात एकेडमीका प्रिन्सिपल तथा प्याब्सनका उपाध्यक्ष मधु केसी,शिवशक्ति बोर्डिङ स्कुलका प्रिन्सिपल यमबहादुर बुढाथोकी, रोल्पा रेडियसन बोर्डिङ स्कुलका प्रिन्सिपल कमल वली, हृदयश्वरी आवासीय विद्यालय शिक्षक दिपेन गिरी, श्री सुर्योदय माध्यमिक विद्यालयका शिक्षक तथा अविभाक सिर्जना पोख्रेल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

बार्षिकोत्सबको अवसरमा स्कुलले कक्षा सात सम्मको छात्र,छात्रा नृत्य प्रतियोगिता, फुटबल प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता, हिज्जे प्रतियोगिता, रिले दौड, त्रिपल जम्प, कक्षा नर्सरीको लागि चक्लेट दौड, कक्षा एल.के.जीको लागि फ्रग जम्प, कक्षा यु.के.जी.को लागि होपिङ रेस प्रतियोगिता, कक्षा १ देखी ७ सम्मको लागि म्याथ रेस र सटफुट प्रतियोगिता र कक्षा ४ देखी ७ सम्मको लागि ४ सय मिटर रेस प्रतियोगिताको आयोजना गरेको जनाएको छ ।उक्त प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय हुनेले नगद पुरस्कार प्राप्त गर्ने छन् ।

कार्यक्रमको प्रमुख अथिति सुनिल स्मृति गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दुर्गाबहादुर बिष्ट रहनुभएको थियो । कार्यक्रमको बिशिष्ट अथितिमा सुनिलस्मृती गाउँपालिका शिक्षा शाखाका शिवकुमार राणा रहनु भएको थियो । बोडिङ स्कुलकी शिक्षिका मोती पन्थीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल नारायन विष्ट ( मिलन) ले गर्नु भएको सहकर्मी बालकुमारी सुवेदीले जानकारी दिनु भएको छ ।

२०६६ साल देखी पुर्बी रोल्पा मा गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको यस विद्यालयमा कक्षा ८ सम्म अध्यापन भईरहको विद्यालय प्रसाशनले जनाएको छ ।उक्त विद्यालयमा ४ सय ९७ जना विद्यार्थीहरुले अध्ययन गरीरहेको स्कुलले बताएको छ । विद्यालयले कक्षा १२ सम्म सञ्चालन गर्ने भावी योजना भएको जानकारी दिएको छ । बोर्डिङ स्कुलको बार्षिकोत्सबमा आयोजित प्रतियोगिताहरु फागुन १४ गते सम्म सञ्चालन हुने स्कुलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्