Ad image

सुनछहरी गाउँपालिकामा रनिङ शिल्डको उपाधी मावि फगामलाई

मालश्री खबर
मालश्री खबर ९ फाल्गुन २०७९, मंगलवार
2 Min Read
Aa

चित्र वियोग झाकृमगर,फाल्गुन ९, रोल्पा । सुनछहरी गाउँपालिकाको अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुनछहरी गाउँपालिका ६ फगाम रोल्पाले शिल्ड हात पार्न सफल भएको छ। यस विद्यालयले निरन्तर तेस्रो पटक विजय हासिल गरेपछि शिल्डको उपाधी पाएको हो ।

फागुन ५ देखी ८ गत्ते सम्म रोल्वाङ माध्यमिक विद्यालय सुनछहरी गाउँपालिका ७ जेल्बाङमा सम्पन्न प्रतियोगितामा ९ वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएका थियो। जसमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फगामले विविध खेलकुद विधामा उत्कृष्ट स्थान हासिल गरि विगतको बर्षहरुमा जस्तै आफ्नो बिरासतलाई कायम गरि सधैका लागी शिल्ड हात पार्न सफल भएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर पुन मगरले बताउनु भएको छ।

- Advertisement -
Ad image

सुनछहरी गाउँपालिका शिक्षा शाखा प्रमुख रेग बहादुर पुनका अनुसार जम्मा २२ वटा स्वर्ण मध्ये नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फगामले सबैभन्दा धेरै ८ स्वर्ण लिएर शिल्ड हात पार्न सफल भएको हो। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फगामले ८ स्वर्ण ४ कास्य २ रजत लिएर पहिलो स्थान कायम गर्दा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिउरीले ४ स्वर्ण ४ कास्य १ रजत सहित दोस्रो स्थान प्राप्त गरेको छ। त्यस्तै तेस्रो स्थानमा २ स्वर्ण ३ कास्य ५ रजत साथमा देविमन्दिर माध्यमिक विद्यालय पोबाङ रहेको छ।

अन्य विद्यालयहरुले क्रमश जनता मावि गामले २ स्वर्ण ३ कास्य १ रजत सरस्वती मावि घुसबाङले २ स्वर्ण २कास्य १ रजत, रोल्बाङ मावि जेल्बाङले २ स्वर्ण ३ रजत,नमूना मावि कसलाले १स्वर्ण ४ कास्य २ रजत, मेहलधारा मावि जैमाले १ स्वर्ण २ कास्य ५ रजत र जनसेवा मावी सेरमले ३ रजत प्राप्त गरेका छन्। रनिङ शिल्डको उपाधी प्राप्त गर्ने नेपाल राष्ट्रिय मावि फगामका प्रधानाध्यापक धन बहादुर पुन मगरले आफ्नो विद्यालयले निरन्तर तीन पटक सम्म रनिङ शिल्ड जितेर सुनौलो इतिहास रचेको जिकिर गर्नु भएको छ। यो अवसरलाई सिकाइ रूपमा ग्रहण गर्दै आगामी दिनमा थप प्रगति गर्नुपर्ने उहाको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

Array