Ad image

तुल्सी आवासिय माद्यामिक बिद्यालयले आफ्नो ३६ औं बार्षिक उत्सव मनायो

मालश्री खबर
मालश्री खबर ८ फाल्गुन २०७९, सोमबार
3 Min Read
Aa

मालश्री खबर, फाल्गुन ८ गते, रोल्पा ।
रोल्पा जिल्लाको आवासिय बिद्यालय तर्फको सबै भन्दा पुरानो तुल्सी आवासिय माद्यामिक बिद्यालय लिबाङ रोल्पाले ३६ औं बार्षिक उत्सव बिभिध कार्यक्रमको आयोजना गरि मनाएको छ । रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र थापा घर्तिको प्रमुख अतिथ्यतामा, निजी तथा आवासिय माद्यामिक बिद्यालय रोल्पा (प्यावसन) रोल्पाका अध्यक्ष नौलसिंह पुनमगर र रोल्पा नगरपालिका वडा न. ४ का वडा अध्यक्ष मित्रलाल गुरुङको बिशेष आतिथ्यताका बार्षिक उत्सव मनाइएको बिद्यालयका प्रध्यानाध्यापक डीबी घर्तिमगरले जानकारी दिनु भएको छ ।

बिद्यालयका सञ्चालक प्रिन्सिपल कृष्णबहादुर घर्तिमगकरको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समितीका सदस्य फबिन्द्र आचार्य, होलिभिजन आवासिय माद्यामिक बिद्यालयका शिक्षक लिलामणि पोख्रेल लगाएतले शुभकामना मनतव्य राख्नु भएको थियो । बार्षिक उत्सवको अवसर पारेर बिद्यालयले आयोजना गरेको बिभिध अन्तर सदनात्मक बिभिन्न प्रतियोगिताहरुमा प्रथम, द्धितिय र तृतीय स्थान प्राप्त गर्ने बिद्यार्थि र गत शैक्षिक सत्रमा कक्षा प्रथम, द्धितिय, तृतीय र स्कुल टपर तिन जना बिद्यार्थिहरुलाई पुरस्कार समेत प्रदान गरिएको बिद्यालय प्रसासनले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

२०४३ साल फाल्गुण १ गते स्थापना भएको बिद्यालय रोल्पा जिल्लाकै सबै भन्दा पुरानो निजी तथा आवासिय बिद्यालय भएको बताइएको छ । यस बिद्यालयमा अध्ययन गरेका बिद्यार्थि शिव डाँगी साबिकको राप्ती अञ्चलकै पहिलो पाइलट बनेका छन् । तुल्सी आवासिय माद्यामिक बिद्यालयमै पढे्का करिब एक दर्जन बिद्यार्थि डाक्टर एक दर्जन भन्दा बढी इन्जिनियर बनि सकेको बिद्यालयका प्रध्यानाध्यापक डीबी घर्तिमगरले जानकारी दिनु भएको छ । तुल्सीमै पढ्ेका प्रकृती मल्ल कानुन बिषय बाट एसिया प्यासिफिक क्षेत्रबाट एसियाकै उत्कृष्त बिद्यार्थि भएर पहिलो नम्बर नाम निकालेर नेदरल्यानको अध्ययन सकाएर अहिले भारतमा कानून बिषयमा पि.एच.डी. गरि राखेको बिद्यालय प्रसासनले जानकारी दिएको छ ।

तुल्सी आवासिय माद्यामिक बिद्यालयमै पढेका अन्य सयौं बिद्यार्थिहरु अहिले उच्च सरकारी ओहोदामा पुगेर राष्ट्रको सेवा गरि राखेको प्रध्यानाध्यापक घर्तिमगरले जानकारी दिनु भयो । कार्यक्रमको अवसरमा बिद्यालमा बिभिन्न कक्षामा अध्यनरत बिद्यार्थिहरु छात्र, छात्राहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । बिद्यालयका शिक्षक नरेश आचार्यको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको संचालन बिद्यालयका प्रध्यानाध्याप डीबी घर्तिमगरले गर्नु भएको थियो । बार्षिक उत्सवको अवसरमा आयोजना गरेको बिभिध प्रतियोगितात्मक कार्यक्रममा स्थान प्राप्त बिद्यार्थि र स्कुल टपर एंव कक्षामा प्रथम,द्धितिय, तृतीय हुने बिद्यार्थिहरुलाई कार्यक्रमका प्रमुख अतिथि,बिशिष्ट अतिथि, अन्य अतिथि र अभिभाबकहरुद्धारा पुुरस्कार बितरण गरिएको थियो ।

कार्यक्रममा बोल्लने कार्यक्रमका प्रमुख अतिथि, बिशिष्ट अतिथि र अन्य अतिथिहरुले जसरी बिद्यालयले अहिले सम्म रोल्पा जिल्लाले नै गर्भ गर्न लाएक बिद्यार्थिहरु पाइलट, डाक्टर, इन्जिनीयर, उत्कृष्त कानुन क्षेत्रको बिद्यार्थि र सयौं जना उच्च राष्ट्र सेवक पदमा पुग्ने बिद्यार्थि उत्पादन गरेर बिद्यालयको मात्र नभई सिंगो रोल्पा जिल्लाको नै शिक्षा क्षेत्रमा सिर ठाडो बनाउने काम गरेको भन्दै बिद्यालयको उच्च प्रसंसा समेत गरेका थिए । बिद्यालयले त्यसरी नै आगामि दिनहरुमा पनि यस्तै उत्कृष्त बिद्यार्थि उत्पादन गर्नको लागी बिद्यालयलाई शुभकामना समेत दिएका थिए ।

  

प्रतिक्रिया दिनुहोस्

Array