Ad image

निमार्ण व्यावसायी संघ रोल्पाको अध्यक्षमा पुः न मानबहादुर खत्री

मालश्री खबर
मालश्री खबर ७ फाल्गुन २०७९, आईतवार
4 Min Read
Aa

उमा बस्नेत /  मालश्री खबर, फाल्गुन ७ गते, रोल्पा ।
निमार्ण व्यावसायी संघ रोल्पाको अध्यक्षमा पुः न मान बहादुर खत्री सर्बसहमत चयन हुनु भएको छ । निर्माण व्यवसायी संघ रोल्पाको आइतबार सदरमुकाम लिबाङमा भएको चौथों अधिवेसन तथा छैठौं बार्षिक साधारण सभा खत्रीको अध्यक्षतामा १५ सदस्य नँया कार्यसमिती चयन भएको निर्बाचण संयोजक होम बहादुर पुनले जानकारी दिनुु भएकोे छ । कार्य समितीको अन्य पदाधिकारी सदस्यहरुमा कार्य सममितीको बरिष्ठ उपाध्यक्षमा हरीप्रसाद वली, प्रथम उपाध्यक्षमा जनक खड्का, द्धितिय उपाध्यक्षमा गणबहादुर घर्ति, महासचिवमा लोकेन्द्र डाँगी, नीतिगत उप-महासचिवमा रामचन्द्र थापा, उप-महासचिवमा कृष्ण नेपाली, कोषाध्यक्षमा राजविर घर्ति, महिला सदस्यमा सरुमा विष्ट, अन्य सदस्यहरुमा अशोक गिरी, श्रीकुमारी घर्ति रोका, रविन्द्र बुढा, यञ्जलभिजन गुरुङ, मोहनसिहं वली, संग्राम चन्द र मनोनित सदस्यमा चन्द्रबहादुर बाठामगर रहनु भएको निर्वाचन संयोजक होमबहादुर पुनले जानकारी दिनुभएको छ ।

आइतबार निर्माण व्यवसायी संघ रोल्पाका अध्यक्ष मानबहादुर खत्रीको अध्यक्षतामा भएको निर्माण व्यवसायी संघ रोल्पाको चौथों अधिवेसन तथा छैठौं बार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा निमार्ण व्यावसायी संघका केन्द्रिय सदस्य बालाजु श्रेष्ठ रहनु भएको थियो । कार्यक्रमको बिशिष्ट अतिथिमा निर्माण व्यवसायी संघ लुम्बिनी प्रदेशका उपमहासचिब पवन कवर रहेको आयोजकले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि निमार्ण व्यावसायी संघका केन्द्रिय सदस्य बालाजु श्रेष्ठले प्रत्येक संस्सथाको आ—आफ्नै निति र निमयम हुने भएकाले उक्त संस्थाको नीति र बिधान अनुसार चल्नु पर्ने सबै संघ संस्था चल्नु पर्ने बताउनु भएको छ । यदि संस्थाले बनाएको निश्चत बिधान र प्रक्रिया अनुसार नगएमा जुनसुकैबेला धरासयीमा पर्न सक्ने बताउनु भएको छ । तसर्थ निर्माण व्यवसायी संघको पनि आफ्नै नियम भएकाले सोही परीधी भित्र रहेर कार्य गर्न सम्पुर्ण निर्माण व्यवसायीहरुलाई आग्रह समेत गर्नु भएको छ । सरकारलाई कर तिर्नु पर्ने लगाएत अन्य कुराको पनि निर्धारण भईसकेकाले सबै निर्माण व्यवसायीले समयमै आफ्नो दायित्व पुरा गर्नु पर्ने उहाँको भनाई छ । निर्माण व्यवसायी महासंघले प्रयक जिल्लामा रहेको निर्माण व्यवसायीहरुलाई कनस्ट्रक्सन म्यानेजम्यन्टको लगाएत अन्य आवश्यक तालिम दिएको बताउदै आफ्नो संस्थाका गतिबिधीहरुलाई निरन्तर अगाडी बढाउन अनुरोध समेत गर्नुभएको छ ।

निर्माण व्यवसायीका जिल्लामा उच्च पदमा भएका व्यक्तिहरु नभएकोमा दुःख व्यक्त गर्दै यसरी संस्थालाई अलपत्र पार्दा यसले नराम्रो नतिजा नदिने र पुर्खाहरुले सराप्ने छन भनि खेद प्रकट गर्नुभयो । यस्तो गैर जिम्मेवार व्यक्तिलाई आगामी दिनमा निर्वाचित हुने नया कार्यसमितिले टुंगो लगाउनेमा विश्वस्त भएको जानकारी गराउनु भयो । सार्वजनिक खरीद ऐनमा संसोधन गरेर महासंघले एउटै व्यक्तिले ५ वटा भन्दा बढी टेन्डर हाल्न नपाउने लगाएतका थुप्रै कानुनहरु संसोधन गरेर साना निर्माण व्यवसायीलाई सहजता प्रदान गरेको कुरा उल्लेख गर्नुभयो । जिल्ला भन्दा बाहिरका कन्ट्रक्सनले रोल्पामा काम गरीरहेकाले त्यस तर्फ ध्यान नदिएमा जिल्लामा भएका निर्माण व्यवसायीलाई सकस हुने कुरा उल्लेख गर्नु भयो । आफुलाई परिमार्जित गरेर दिएको कार्य समयमै सम्पन्न नगरेमा थप चुनौति थपिन सक्ने उहाँको भनाई छ ।
जिल्लामा किर्ते काजग गराएर ठेक्का पट्टाको लाईसेन्स दिने कार्य धेरै भएकाले नियम भित्र रही लाईसन्स प्रदान गर्ने त्यस्तो गैरकाकनुनी कर्यालार्य कडाई गर्नु पर्ने आवश्यकता रहेको औल्याउनु भयो । साथै उहाँले अन्य जिल्ला भन्दा रोल्पा जिल्लामा निर्माण सामाग्रीको दर कम भएकाले त्यस तर्फ पनि निर्माण व्यवसायीको ध्यान जान आवश्यक रहेको कुरा उल्लेख गर्नुभयो ।

कार्यक्रममा निमार्ण व्यावसायी एंव रोल्पा नगरपालिका वडा न. ८ का वडा अध्यक्ष हर्क बहादुर डाँगी, निमार्ण व्यावसायी एंव सुनिल स्मृती गाँउपालिका वडा न. २ का वडा अध्यक्ष नेत्र बहादुर गिरी, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्दले कार्यक्रमको अवसरमा शुभकामना मनतव्य राख्नु भएको थियो । निमार्ण व्यावसायी संघ रोल्पाका कोषाध्यक्ष मनसिन डाँगीको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमको संचालन निमार्ण व्यावसायी संघ रोल्पाका सदस्य सरद पोख्रेलले गर्नु भएको थियो । यो सामाचार तयार पार्दा सम्म आगामी नँया कार्यसिमिती चएको लागी बन्द सत्र चलिराखेको बताएइको छ ।

    

प्रतिक्रिया दिनुहोस्

Array