Ad image

रेडियो मालश्री आठांै वर्षमा प्रवेशको अवसरमा, रोल्पा अस्पतालका बिरामीलाई फलफूल बितरण

मालश्री खबर
मालश्री खबर ७ फाल्गुन २०७९, आईतवार
5 Min Read
Aa

उमा बस्नेत /  मालश्री खबर, फाल्गुन ७ गते, रोल्पा ।

सामुदायीक रेडियो मालश्री १०० विन्दु ५ मेगाहर्ज आज देखि साताँै वर्ष पुरा गरी आठौंं वर्षमा प्रवेश गरेको छ । राष्ट्र राष्टियता र लोकतन्त्रको संवाहक भन्ने मुल नारा का साथ वि.स २०७२ साल फाल्गुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर रोल्पाको लिबाङबाट संचालनमा आएको सामुदायिक रेडियो, रेडियो मालश्री १०० विन्दु ५ मेगाहर्ज फाल्गुण ७ गते (आज) वाट सातौँ वर्ष पुरा गरी आठौ वर्षमा प्रवेश गरेको छ ।


साताँै वार्षिक उत्सवको अवसरमा सामुदायीक रेडियो मालश्रीले आज रोल्पा अस्पताल रेउघामा भर्ना भएका विरामीहरुलाई एक कार्यक्रमका विच फलफूल वितरण गरेको छ । विभिन्न प्रकृतिका समस्या भएर अस्पतालको आकस्मीक र समान्य वार्डमा भर्ना भई उपचार गराईरहेका विरामीहरुलाई सु—स्वास्थ्य, दिर्घायू र स्वास्थ्य लाभको कामना गर्दै रेडियो मालश्रीका सल्लाहकार, राजनितिज्ञ तथा समाजसेबी कृष्ण बहादुर घर्तिमगर, रेडियो सञ्चालक समितिका सदस्य समाजसेबी तथा सफल ब्यवसायी ज्ञानबहादुर वली, अन्य सदस्यहरु श्रीकुमारी रोका, लिलाधर आचार्य, जसमाया पुन लगाएत र रोल्पा अस्पताल रेउघाका एम.डि.जिपी डा. रणबहादुर बोगटी, रेडियोका स्टेशन म्यानेजर डी.बी. टुहुरो, लगाएतले फलफुल वितरण गर्नुभएको हो ।

फलफुल वितरण कार्यक्रममा रेडियो मालश्रीका कार्यक्रम प्रमुख लोकेन्द्र चन्द, रोल्पा अस्पतालका स्वास्थ्यकर्मि लगाएतको उपस्थिती रहेको थियो । साथै रेडियोलाइ हरेक तह वाट समाचार, सुचना, जानकारी गराउनुका साथै विज्ञापन दिइ सहयोग गर्ने सहयोगीहरुलाइ आफुहरुले सदैब रेडियो परिवारले सम्झिरहने छ । साथै रेडियो संचालन गर्नको लागी आर्थिक, भौतिक, नैतिक हिसावले सहयोग गर्ने सहयोगी दाताहरुलाइ धन्यवाद ज्ञापन गर्दै सदैब यस्तै सहयोगको अपेक्षा समेथ गरेको रेडियोका स्टेशन म्यानेजर डी.बी. टुहुरोले जानकारी दिनुभएको छ ।

- Advertisement -
Ad image

रोल्पा नगर पालीका ३ गोठमारेको साद्दोबाटो गुफा डाँडामा रिले प्रशारण रहेको रेडियो १ सय विन्दु ५ मेगाहर्ज र मोबाइल एब्लीकेसन हाम्रा पात्रो, मालश्री डटकम, मालश्री खबर र रेडियो मालश्रीकोे आफ्नै अफिसियल फेसवुक लाइक पेज बाट संसार भर एक साथ समाचार पढ्न, हेर्न र सुन्न सकिने व्यवस्था भएको रेडियो प्रशासनले जनाएको छ । रेडियोले समाज बिकासको लागी विभिन्न खाले चेतना मुलक कार्यक्रम, अन्तरर्बाता, सन्देश मुलक समाचार र मनोरन्जनात्मक कार्यक्रमहरु निरन्तर प्रशारण गर्दै आएको छ । रेडियोलाइ हरेक तह बाट समाचार, सुचना, जानकारी गराई, विज्ञापन दिइ सहयोग गर्ने सहयोगीहरुलाइ आफुहरुले सदैब सम्झिरहने र निरन्तर सहयोगको अपेक्षा गरिरहने रेडियोका स्टेशन म्यानेजर डिबी टुहुरोले बताउनु भयो । लुम्बिनी प्रदेश अन्र्तरगत रोल्पा जिल्लाको सञ्चारको इतिहासमा चौथो रेडियोको रुपमा स्थापना भएको सामुदायीक रेडियो, रेडियो मालश्री १०० बिन्दु ५ मेघाहर्जले बिहान ५ बजे देखि राती ११ बजे सम्म नियमित १८ घण्टा प्रसारण गर्दै आईरहेको छ ।


फलफुल बितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि रेडियोका सल्लाहका राजनितिज्ञ तथा समाजसेवी कृष्ण बहादुर घर्तिमगरले अहिले पनि आम नागरिकला सबै भन्दा छिटो समाचार प्रबाह गर्ने माध्यम रेडियो भएको बताउनु भएको छ । रेडियो सुन्नलाई कुनै समय छुत्याउन नपर्ने भएको हुनाले पनि रेडियो को महत्व थप बढेको बताउनु भयो । कुनै काम गर्दै होस वा यात्रा गर्दै होस रेडियो सजिल्यै सुन्न सकिने माध्यम भएकै कारण पनि सबैको समाचार र सुचनाको माध्यम बनेको कुरा बताउनु भएको छ । रेडियो बाट प्रसारण भएका समाचार सुचनामा आम श्रोता र नागरिकहरुको ठुलो बिश्वाश राख्ने गरेको हुनाले कहिल्यै पनि हतारमा जुठो समाचार सुचना प्रसारण गरेर गल्ती नगर्न रेडियोलाई सझाब समेत दिनु भएको छ ।


त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि एंव रेडियो सञ्चालन समितीका सदस्य समाजसेवी तथा सफल व्यावसायी ज्ञान बहादुर वलीले समाज परिबर्तन र नागरिकलाई छिटो र सर्बशुलभ तरिकाले समाचार, सुचना प्रबाह गर्ने अहिले पनि रेडियो नै भएको बताउनु भएको छ । रेडियो समाजको तेस्रो आँखा भएको हुनाले रेडियोले कहिल्यै पनि सत्यको निम्ति कसै सँग कुनै पनि सम्झौता गर्न नहुने समेत सुझाब दिनु भएको छ । सेबैले अनिबार्य रेडियो सुन्ने बानि बसाल्न सकेमा समाज भएको थुप्रै कुराहरु निशुल्क रुपमा घरमै बसेर जानकारी लिन सकिने समेत बताउनु भएको छ ।


कार्यक्रममा बोल्दै रोल्पा अस्पताल रेउघा रोल्पाका एम.डि.जिपि. डाक्टर रणबहादु बोग्टीले आफ्नो बार्षिक उत्सबको अवसरमा रोल्पा अस्पतालमा आएर बिरामिहरुलाई फलफुल र अण्डा बितरण गरेकोमा रेडियो परिवारलाई धन्यवाद दिनु भएको छ । रोल्पाको स्वास्थ्य क्षेत्रमा समाज पबिर्तन गर्नमा रेडियो मालश्रीको महत्वपुर्ण भुमिका रहेको हुनाले अबको दिनमा पनि रेडियो मालश्रीले जसरी अहिले समाचार, अन्तरर्बाता र सुचना प्रसारण गरेर आफुहरुलाई सहयोग गरेको छ, त्यसरीनै आगामी दिनका पनि यस्ता कार्यलार्य निरन्तरर्ता दिनु पर्ने रेडियोलाई सुझाब दिनु भएको छ । कार्यक्रमको सहजिकरण रेडियो मालश्रीका कार्यक्रम प्रमुख लोकेन्द्र चन्दले गर्नु भएको थियो ।

   

 

प्रतिक्रिया दिनुहोस्