Ad image

रोल्पा जिल्ला प्रहरी प्रमुख सारुमगरद्धारा पत्रकारहरु संग भेटघाट

मालश्री खबर
मालश्री खबर ७ फाल्गुन २०७९, आईतवार
3 Min Read
Aa

मालश्री खबर, फाल्गुन ७ गते, रोल्पा ।
जिल्ला प्रहरी कार्यालय रोल्पामा केहि दिन अघि मात्रै सरुवा भएर आउनु भएका रोल्पा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्याम बहादुर सारुमगरले आइतबार जिल्लामा क्रियाशिल पत्रकारहरु सँग भेटघाट गर्नु भएको छ । रोल्पा जिल्लाको समग्र अवस्थाको बारेमा जानकारी लिनको लागी जिल्ला प्रमुख सारुमगरले पत्रकारहरु सँग भेटघाट गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

रोल्पा जिल्लामा सरुवा भएर नँया प्रहरी प्रमुखको रुपमा आउनु भएका प्रहरी नायव उपरिक्षक श्याम बहादुर सारुमगर संगको भटघाटमा पत्रकारहरुले जिल्लामा बालबिवाह, आत्महत्या, लागु पदार्थ ओसारपसार,सम्बन्ध बिच्छेद, मादक पदार्थ सेवन बेचबिखन र ग्रामिण सडगमा चल्ने गाडीमा सिट क्षेमता भन्दा यात्रुहरु धेरै राख्ने समस्या बिकराल रुपमा रहेको हुनाले यसलाई न्यूनिकरण तथा प्रहरी अग्रसर भएर लाग्नु गर्ने सुझाब दिएको नेपाल पत्रकार महासंघ रोल्पाका सचिव लोकेन्द्र चन्दले जानकारी दिनु भएको छ ।

पत्रकारहरुको जिज्ञासा मेटाउने क्रममा रोल्पा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्याम बहादुर सारुमगरले आफु रोल्पा जिल्लामा रहदा सम्म शान्ति सुरक्षा सुदृढ गर्नेका लागि कुनै कसुर बाकि नराखेर लाग्ने कुरा समेत प्रतिबद्धता जनाउनु भएको छ । यसको लागी प्रहरी एकल्यैले मात्र गर्न नसक्ने भएको हुनाले प्रहरी र पत्रकार एक भएर समास्या समाधान गर्न लाग्नु पर्ने बताउनु भयो । रोल्पा जिल्लामा बालबिवाह, आत्महत्या, लागु पदार्थ ओसारपसार,सम्बन्ध बिच्छेद, मादक पदार्थ सेवन बेचबिखन र ग्रामिण रुटमा चल्ने गाडीमा सिट क्षेमता भन्दा यात्रुहरु धेरै राख्ने समस्या भएको आफुले पनि पाएको बताउनु भएको छ ।

- Advertisement -
Ad image

यो समस्या समाधान गर्नमा प्रहरी प्रसासन मात्रैले केहि गर्न सक्ने अवस्था नभएको हुनाले यसका लागी सबै सचेत रोल्पालिहरु एक भएर यस्ता घटनालाई न्यूनिकरण गर्नु पर्ने बताउनु भयो । यसको लागी आफुले तत्तकाल रोल्पाका विभिन्न ठाउँमा जचेतना मुलक कार्यक्रमहरु सुरु गर्ने समेत जानकारी दिनु भएको छ ।

सो पत्रकार भेटघाट कार्यक्रममा रोल्पा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्याम बहादुर सारुमगर, प्रहरी निरिक्षक देवीराम भण्डारी, प्रहरी वरिष्ठ नावय निरिक्षक कपिल राज शर्मा, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लोचन मगर, संस्थापक अध्यक्ष काशिराम डाँगी, पुर्ब अध्यक्ष खेमबहादुर बुढामगर, निवर्तमान अध्यक्ष महेश न्यौपाने, बर्तमान सचिव लोकेन्द्र चन्द, कोषाध्यक्ष उमा केसि, सल्लाहकार माधब कुमार वली, निबर्तमान उपाध्यक्ष देबी कुमारी गुरुङ लगायत विभिन्न मिडियामा आबद्ध पत्रकारहरुकोक सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array