Ad image

गंगादेव गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा चौथो अध्यक्ष कप प्रतियोगिताको उद्घाटन

मालश्री खबर
मालश्री खबर ६ फाल्गुन २०७९, शनिबार
4 Min Read
Aa

 

किरणबाबू वली

मालश्री खबर, फागुन २६ गते, रोल्पा ।

रोल्पाको गंगादेव गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड तथा चौथो अध्यक्ष कप प्रतियोगिताको उद्घाटन गरिएको छ । स्वास्थको लागि खेलकुल राष्ट्रका लागि खेलकुल भन्ने मुल नाराका साथ गंगादेव गाउँपालिका अन्तर्गत अन्तर विद्यालय स्थरिय प्रथम राष्ट्रपति शिल्ड अध्यक्षकप प्रतियोगिता २०७९ को उद्घाटन गरिएको हो । गगांदेव गाउँपालिकाकोे आयोजना र जिबन ज्योति माध्यमिक विद्यालय देवल टाकुरा राँक रोल्पाको ब्यवस्थापनमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

- Advertisement -
Ad image

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रतिनिधि सभाका समानुपातिक सांसद इश्वरी घर्तिमगरले पालिकामा सञ्चालन भईरहेको राष्ट्रपति रानिङ शिल्ड प्रतियोगिता तथा अध्यक्ष कप प्रतियोगिता सभ्य र भव्य ढंगले सम्पन्न होस् भनी शुभकामना दिनुभएको छ । खेल क्षेत्रको विकासको लागि शिक्षाका साथसाथै अनुशासन महत्वपुर्ण पाटो भएकाले अनुशासनको सबैले पालना गर्नु पर्ने बताउनु भएको छ । विद्यार्थी भनेको वर्तमानका साझेदार र भविष्यका कर्णधार भएकाले उनिहरुको चौतर्फी विकासमा सम्पुर्ण अविभावक, बिद्यालयका शिक्षकहरुले आफ्नो भुमिका जिम्मेवारी पुर्वक निर्वाह गर्नु पर्ने सुझाव दिनु भएको छ । देश विकासको लागि सम्पुर्ण बालवालिका मैत्री क्षेत्र बनाई उनीहरुको रुची र चाहाना अनुसारको वातावरण सिर्जना गर्नु पर्ने बताउनु भएको छ ।

साथै केन्द्र र प्रदेशले बनाएको बालबालिकाको ऐन कानुनको मात्र पालना नगरी स्थानिय सरकारले पनि बालबालिकाको लागि ऐन नियम बनाएर कार्र्यान्वयन गर्न सकिने कुरा बताउनु भयो । गुणस्तरी शिक्षाका साथसाथै अनुशासित र मर्यादित विद्यार्थी बनानु प्रत्यक अविभावक र विद्यालयको दायित्व भएको दाबी गर्नु भयो । बर्षको एक पटक मात्र आयोजना गरीने यस्ता खेलकुद कार्यक्रमले विद्यार्थीलाई अन्य पालिका जिल्ला, प्रदेश र केन्द्रका अन्य विद्यार्थीसँग प्रतिस्पर्धा गर्न असहज हुने भएकाले स्थानिय निकायले यस्ता खालका प्रतियोगिताको आयोजना समय समयमा गर्नु पर्ने तर्क व्यक्त गर्नुभएको छ । जिल्लामा बालविबहा, बहुबिवहा र आत्महत्याको घटना धेरै भएकाले यि समस्या कम गर्नको लागि सर्वप्रथम त अविभावकले राम्रो संस्कार सिकाउनु पर्ने बताउनु भएको हो । त्यस पश्चात विद्यालयमा पनि यस्ता खालका घटनालाई कम गर्न बेलाबेलामा सचेतनाका कार्यक्रमको आयोजना गर्नु पर्ने उहाँको भनाई छ । आफुलाई निवार्चित गराउनको लागि सहयोग गरेकोम सम्पुर्ण रोल्पाली जनतालाई धन्यबाद प्रकट गर्नुभएको छ । साथै आफु सांसद भए पश्चात् गर्नु पर्ने काममा कुनै चिक्त नबुझेमा वा काम गर्न नसको अवस्थामा आफ्नो कदम प्रति खबरदारी गर्न समपुर्ण रोल्पावासीलाई आग्रह गर्नु भएको छ ।

प्रतिनिधी सभा सदस्य इस्वरी घर्तिमगरको प्रमुख आथित्यता रहेको थियो । गाउँपालिकाका अध्यक्ष हरीबहादुर पुको अध्यक्षतामो उद्घाटन कार्यक्रमको बिशिष्ट अथितीमा पुर्ब सिंचाइ राज्यमन्त्रि संबिधान सभा सदस्य अम्मरसिंह पुन रहनु भएको थियो । कार्यक्रमम रुन्टिगढी गाउपालिकाका अध्यक्ष जनक पुन, गाउपालिका उपाअध्यक्ष बिभिन्न वडाका वडा अध्यक्षहरु, वडाका सदस्यहरु, सचिब बिभिन्न विद्यालयका प्रअ बिभिन्न वडाका पुर्ब अधयक्षहरु विद्यालयक सिक्षक, विद्यार्थि आम समुह लगाएतको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा पालिका भित्रका माध्यामिक बिद्यालयहरुले राष्ट्रपति रनिङ सिल्डमा भाग लिएका छन भने, प्रावि तथा आधारभूत बिद्यालयहरुले अध्यक्ष कप प्रतियोगितामा भाग लिएका छन ।

जसमा राष्ट्रपति रनिङ सिल्ड तर्फ पुरुष भलिबल (छात्र र छात्रा), कवड्डी (छात्र र छात्रा), हाईजम्म–लमजम्प–त्रिपल जम्प (छात्र र छात्रा) खेलहरु रहेका छन । साथै एथलेटिक्सका खेलहरु (छात्र र छात्रा) र ज्याभलिन थ्रो, सटफुट (छात्र र छात्रा)का खेलहरु रहेका छन । यस्तै अध्यक्ष कप तर्फ आधारभूत स्तरीय हाजिरीजवाफ र वडास्तरीय खुल्ला भलिबल (पुरुष–महिला) प्रतियोगिता हुने छन । भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार, दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार रहेको आयोजकले जनाएको छ । अन्य विभिन्न मैत्रीपूर्ण खेलहरु पनि हुने भएका छन् । गंगादेव गाउपालिकाका उपाअध्यक्ष अमृता कुमारी केसिको स्वागत मनतब्य शुरु भएको उद्घाटन कार्यक्रमको संन्चालन गाउपालिका प्रशासन प्रमुख तुलाधर शर्माले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array