Ad image

ब्रह्माकुमारी विश्व विद्यालय लिबाङमा शिवरात्रि पर्व मनाइयो

मालश्री खबर
मालश्री खबर ६ फाल्गुन २०७९, शनिबार
2 Min Read
Aa

भरत विश्वकर्मा

मालश्री खबर, फागुन ६ रोल्पा । ८७ औं त्रिमुर्ति शिव जयन्तिको अवसरमा आज ब्रह्माकुमारी विश्व विद्यालय लिबाङमा शिवरात्रि मनाइएको छ । कार्यक्रमको अध्यक्षमा ब्रह्माकुमारी पुष्पा केसी रहनुभएको थियो । कार्यक्रमको प्रमुख अथितिमा जिल्ला न्याधिशका खिमानन्द भुसाल रहनुभएको ब्रह्माकुमारी विश्व विद्यालयका रोल्पाले बताएको छ ।

कार्यक्रमको विशिष्ट अथितिमा रोल्पा नगरपालिकाका उपमेयर गिता आचार्यको रहेको थियो । कार्यक्रमको अन्य अथितिमा जिल्ला अदालत रोल्पाका उपसचिव प्रेम खड्का, अधिवक्ता जितबिक्रम मल्ल, हुनमान मन्दिर समिति रोल्पाका अध्यक्ष मेघु शाह, ज्योतिश समिति रोल्पाका अध्यक्ष तिलचन्द्र आचार्य लगाएत मिडियामा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको बताइएको छ । कार्यक्रममा स्वागत मन्तव्य ब्रह्माकमारी अमिता चौधरी ले गर्नुभएको थियो ।

- Advertisement -
Ad image

कार्यक्रमको सञ्चालन दिपक डाँगीले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै सकारात्नमक सोचेर समाज परिवर्तन गर्ने सकिने रोल्पा नगरपालिकाका उपमेयर गिता आचार्यले बताउनुभएको छ । ८७ औं त्रिमुर्ति शिव जयन्तिको अवसरमा बोल्दै नगरपालिकाका उपमेयर गिता आचार्यले यस्तो कुरा बताउनुभएको हो । उहाँले समाज परिवर्तन गर्नको लागि आफु परिवर्तन हुनु पर्ने बताउनुभएको थियो । उहाँले कार्यक्रममा बोल्दै सबैलाई सहयोग गर्ने र मान्छेमा सहयोगि भावनाको बिकास गर्ने समेत बताउनुभयो ।

शान्ति कर्म पछिका पीडिहरुलाई पनि सिकाउनु पर्ने उहाँको भनाई रहेको थियो । ब्रह्माकुमारी इश्वरी विश्व विद्यालय ८७ औं त्रिमुर्ति शिव जयन्तिको अवसरमा यस्तो बताउनुभएको हो । यसैगरि कार्यक्रमको प्रमुख अथितिको रुपमा रहनुभएको जिल्ला न्याधिश खिमानन्द भुषालले अनुशासन, नैतिकतापुर्ण व्यावहारबाट पछि गएको समेत उहाँले बताउनुभएको छ ।

कार्यक्रममा बोल्दै न्याधिश भुषालले यसको सुधारको अभियानमा लागेको बताउनुभएको छ । यो अभियान सबै जाति, पिछडिएको बर्ग कहाँ पुगोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नास्ताका व्यस्था न्यू चन्दन मिठाई पसलले गरेको समेत विद्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array