Ad image

राङ्सीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, जम्मा ५५७ जनाले सेवा लिए

मालश्री खबर
मालश्री खबर ६ फाल्गुन २०७९, शनिबार
3 Min Read
Aa

उमा बस्नेत

मालश्री खबर, फागुन ६ गते, रोल्पा ।

परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीमा फागुन ५ गते निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जनसेवा मध्यमिक विद्यालय राङसीमा उक्त शिविर सञ्चालन भएको थियो । शिविरमा वडा भित्रका ५५७ जनाले निशुल्क स्वास्थय सेवा लिएको बताइएको छ । जसमा २०५ जनाले भिडियो एक्सरे सेवा लिएका छन् भने १३३ जनाको किराले खाएको दाँत फालिएको छ । सोही शिविरमा करिब एक सय जनाको रगतमा चिनी रोगको परिक्षण गरीएको थियो । कार्यक्रममा सेवा लिएकाहरुलाई औषधीहरु पनि वितरण गरीएको छ ।

- Advertisement -
Ad image

निशुल्क स्वास्थ्य शिविरमा अधिकांस हाडजोर्नी र शरीर झझमाउनेका विरामीहरु रहेको शिविरमा खटिनु भएका मेडिकल सुपरीटेन्डेन्ट हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सोमबहादुर आले मगरले बताउनु भएको छ । भिडियो एक्सरे सेवा लिएकाहरुमा २५ प्रतिशतको पिसाव नली र मृगौलामा पत्थरी भएको पाइएको छ । शिविरमा रोल्पा अस्पतालका मेडिकल अधिकृत डाक्टर तिलक डाँगी र डाक्टर सविना घर्तिमग लगाएत रोल्पा अस्पतालका नर्सिङ स्टाफ र प्यारामेडिक्सहरुले विरामीको चेक जाँच गरेका थिए ।

सोही शिविरमा सत्प्रयास समुहले विद्यालय स्वस्थ्य सचेतना अन्तर्गत कक्षा १ र २ का बालबालीकाहको मुख तथा दाँतको जाँच तथा उपचारका साथै एक÷एक वटा दाँत माझ्ने ब्रस पनि वितरण गरेको छ । कार्यक्रममा कक्षा ८ देखी १० सम्मका विद्यार्थी तथा तिनीहरुको अभिवाभकसँग डाक्टरहरुको अनुभव एवं गुणस्तरीय शिक्षाका लागि विद्यार्थी र शिक्षकको भुमिका बारे छलफल भएको बताइएको छ ।

रोल्पा अस्पतालका मेडिकल अधिकृत डाक्टर डा. तिलक डाँगीको मोटीभेशनल प्रस्तुति दिनु भएको थियो भने सत्प्रयास समुहको टिमको तर्फबाट खेम बुढामगरले गुणस्तरीय शिक्षाको बारेमा प्रस्तुती दिनुभएको थियो । विद्यालय स्वास्थ्य सचेतनाबारे सिनियर अहेव कुलबहादुर डाँगीबाट जंक फुड विरुद्धको विद्यालय स्वास्थ्य सचेतनाबारे प्रस्तुती गरीएको बताइएको छ ।

त्यसैगरी कक्षा १ र २ का विद्यार्थीलाई मुख÷दाँत सम्बन्धि स्वास्थ्य सचेतनाबारे डेन्टल हाईजेनिस्ट अलि हडारद्धारा विद्याथीहरुलाई सचेतना दिइएको छ । स्वास्थ्य चौकी राङसी र परिवर्तन गाउँपालिका वडा नम्बर २ को कार्यालयको आयोजना तथा स्वास्थ्य कार्यालय रोल्पा, रोल्पा अस्पताल रेउघा रोल्पा, परिवर्तन गाउँपालिका रोल्पा र सत्प्रयास समुह रोल्पाको सहयोग रेहेको बताईएको छ । वडा नम्बर २ का वडा अध्यक्ष हरीप्रसाद बुढामगरले स्वस्थ्य शिविरमा खटिनु भएका सम्पुर्ण समुहलाई स्वागत गर्दै विषेश आभर प्रकट गर्नु भयो ।

       

प्रतिक्रिया दिनुहोस्

Array