Ad image

परिवर्तन गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मालश्री खबर
मालश्री खबर ६ फाल्गुन २०७९, शनिबार
4 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,५ फाल्गुन रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।परिवर्तन गाउँपालिका वडा नम्बर ५ राङ्कोटको धामाचौरमा परिवर्तन गाउँपालिकाको आफ्नै खेलमैदानमा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको एक कार्यक्रम बीच शुक्रबार देखि सुरु भएको छ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको त्वात्वधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा परिवर्तन गाउँपालिकाको पहिलो गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको परिवर्तन गाउँपालिकाको आर्थिक सहयोग र परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको हो।

प्रतियोगितामा परिवर्तन गाउँपालिका भित्रका १२ वटा सामुदायिक माध्यामिक विद्यालयको सहभागी रहेको आयोजकले जानकारी दिएको छ।प्रतियोगितामा १०० मिटर दौड,२०० मिटर,४०० मिटर, ८००मिटर,१५०० मिटर र ३००० हजार मिटर दौड,छात्र भलिबल,छात्रा भलिबल,हाइजम्प,त्रिपल जम्प,लङजम्प,सटफुट,ज्यापलिन थ्रो,रिलेदौड ४०० मिटर र १६०० मिटर तथा मार्सल आर्टका खेलहरु आयोजना गरिएको छ।प्रतियोगितामा प्रथम हुनेले राष्ट्रपति शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने अन्य प्रतियोगितामा विजयी हुनेले ट्रफी र प्रमाणपत्र पाउने छन।

- Advertisement -
Ad image

परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विक्रम बाँठा मगरको अध्यक्षतामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर(थमन)को प्रमुख आतिथ्यतामा भएको हो भने परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपाने,परिवर्तन गाउँपालिका २ का वडा अध्यक्ष हरिप्रसाद बुढा मगर,४ का वडा अध्यक्ष मानसिङ बुढा,५ का वडा अध्यक्ष दिल बहादुर वली,६ का वडा अध्यक्ष भरत कुमार बुढा,परिवर्तन गाउँपालिकाका कार्यपालिका सदस्य फर्मिला महर,विद्यालयका प्रधानाध्यापक,शिक्षकहरुको आतिथ्यता रहेको थियो।परिवर्तन गाउँपालिका पहिलो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फाल्गुन ५ र ६ गते दुई दिनसम्म जारी रह्ने आयोजकले जानकारी दिएको छ।

 

परिवर्तन गाउँपालिका खेलकुद विकास समितिका सदस्य प्रेम विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्नेमा एथलेटिक्स टिम कोच कृष्णराम डाँगीले विद्यार्थीहरुलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाएकोमा विद्यार्थीहरु हर्षित भएको बताउनुभयो।सबै विद्यालयको तर्फबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रामखुङका शिक्षक इन्द्र कुमार पुनले विद्यार्थी किताबको ज्ञानमा मात्र सिमित नभएर विद्यार्थी भित्र भएको प्रतिभालाई प्रस्फुटन गर्न पाउने अवसर भएको समेत बताउनुभयो।

सबै वडा अध्यक्षको तर्फबाट परिवर्तन गाउँपालिका २ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरले स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने मूलनाराको वरिपरि रहेर समग्र नेपालको खेलकुद क्षेत्रको लागि आफूहरू अगाडी बढेको बताउनुभयो।साथै राष्ट्रिय स्तरको खेलकुद भएको बताउदै,राष्ट्रिय खेलकुदको नाम दिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरि जुनियर खेलाडीहरुलाई प्रतिस्पर्धा गराउनु महत्त्वपूर्ण कार्यक्रम भएको समेत बताउनुभयो।

 

साथै आफूहरूले विद्यालयको क्षेत्रबाट आफ्ना बालबालिकालाई खेल खेलाउँदै त्यो सानो उमेरमै साच्चिकै विकास गर्नको लागि यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मार्फत विद्यालय स्तरको खेलकुदलाई व्यवस्थीत गर्दै आएको समेत जिकिर गर्नु हुँदै विगतको बर्षहरुमा आफ्नो पालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना नगरेको सबैलाई सर्बविबतै रहेको समेत बताउनुभयो।

 

आगामी दिनहरुमा व्यवस्थित र राम्रो बनाउनेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो।विगतका दिनमा अध्यक्ष कप आयोजना गर्दै आएकोमा अहिले एकातिर राष्ट्रपति रनिङ शिल्ड अर्को तर्फ अध्यक्ष कप हुने देखिएकोले आगामी दिनमा सँगै व्यवस्थित ढंगबाट अगाडी बढाउने समेत बताउनुभयो।गाउँपालिकाले परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुबराज न्यौपानेले परिवर्तन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पहिलो पटक सञ्चालन भएको सबैलाई स्मरण गराउँदै राष्ट्रिय स्तरको खेलकुद आयोजना गरेर पालिकालाई खेलको माध्यमबाट चिनाउन महत्त्वपूर्ण भुमिका खेल्ने समेत बताउनुभयो।

 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले राष्ट्रिय खेलाडी चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने समेत बताउदै राष्ट्रपति रनिङ शिल्ड बाट १८ बर्षमुनीका विद्यार्थीले आफूहरू भित्र रहेका कला,क्षमताको प्रर्दशन गरि जिल्ला,प्रदेश तथा केन्द्रसम्म पुग्न सकिने समेत बताउनुभयो।साथै राष्ट्रिय खेलाडी भएर आफ्नो नाम,गाउँ,ठाउँ र राष्ट्रलाई चिनाउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने समेत बताउदै,पालिकाले राष्ट्रिय खेलाडीहरुलाई सम्मान समेत गर्दै आएको समेत बताउनुभयो। उद्घाटनको दिनमा छात्र भलिबल,छात्रा भलिबल,आईटीएफ र कबड्डी प्रतियोगिताहरु समेत सुरु भएको छ।उद्घाटन कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिका खेलकुद समितिका सदस्य लोकचन्द्र डाँगीले गर्नु भएको थियो।

 

 

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस्

Array