Ad image

विद्यार्थीहरुले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिनको लागि भने जस्तो तयारी गर्न नसकेको-पालिका अध्यक्ष बुढा

मालश्री खबर
मालश्री खबर ६ फाल्गुन २०७९, शनिबार
3 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,५ फागुन रोल्पा । रोल्पा परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले विद्यार्थीहरुले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिनको लागि भने जस्तो तयारी गर्न नसकेको बताउनु भएको छ।परिवर्तन गाउँपालिकाको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो।कार्यक्रमको प्रमुख अतिथी समेत रहेका बुढा मगरले छोटो समयमा विद्यार्थीहरुले भने जस्तो तयारी गर्न नसकेको समेत बताउनुभयो ।

अन्य पालिकाहरुले यसअघि नै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहरु सम्पन्न गरि सकेको बताउँदै,जिल्ला स्तरमा पनि रोल्पा जिल्लाका दस स्थानीय तहहरुबाट पनि छनोट गरेर जिल्ला स्तरमा प्रतिस्पर्धा गराउनुपर्ने भएकोले समेत समय कम भएको बताउनुभयो।साथै धेरै विद्यार्थीहरुलाई राष्ट्रपति रनिङ शिल्ड नयाँ भएको हुन सक्ने बताउदै भन्नुभयो”यो क्षेत्रमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नखेलाएको लामो समय भएकोले कुनै बेला माडीचौरमा मात्र हुने गरेको”समेत बताउनुभयो।

साथै कुनै बेला लिबाङको बाल कल्याण नमूना मावि र एक पटक इरिबाङको बागमारा भएको समेत बताउनुभयो।त्यतिबेलाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा त्यति धेरै विद्यालयहरुको सहभागिता नहुने बताउदै त्यसको कारण टाढा भएकोले समेत बताउनुभयो।कुनै बेला नेपालको संविधानको हिसाबले हेर्दा नेपालको संविधान विपरीत राष्ट्रपतिले कदम चाल्दा खेरी असंवैधानिक कदमको कारणले गर्दा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बहिष्कार गर्नुपर्छ,सहभागी हुनुहुँदैन भन्ने कुराले गर्दा स्थानीय तह दोस्रो निर्वाचन पछी मात्र आफ्नो पालिकामा सञ्चालन गर्न सफल भएको समेत बताउनुभयो ।

साथै परिवर्तन गाउँपालिकामा पहिलो पटक निर्वाचन भएर आएका जनप्रतिनिधिले समेत सञ्चालन गर्न नसकेको बताउदै उतिबेला अध्यक्ष कप आयोजना गरिएको समेत बताउनुभयो।अहिले पनि अध्यक्ष कप प्रतियोगितालाई निरन्तरता दिने गरि सोच बनाएको बताउँदै भने हामीले जुनियर र सिनियर गरेर प्रतिस्पर्धा गराउने सोच गरेको समेत बताउनुभयो।साथै आफ्नो गाउँपालिका भित्र रहेका विद्यालयको पढाईको अवस्था नाजुक भएको बताउदै,पढाईलाई राम्रो गर्दै खेलकुदमा पनि राम्रो हुनु अहिले आवश्यकता भएकोले त्यस तर्फ सबैले ध्यान दिनुपर्ने बेला आएको समेत बताउनुभयो।

- Advertisement -
Ad image

त्यस्तै गाउँपालिकाले पढाईका लागि छात्रवृत्तिको व्यवस्था गरेपनि पढाई कम्जोर भएकोले कुनै पनि विद्यार्थीले नाम नटिपाएको समेत बताउनुभयो।आफ्नो गाउँपालिका भित्र रहेका विद्यार्थीहरु विज्ञान र गणितमा कम्जोर भएको बताउँदै कसरी विद्यार्थीहरुको पढाईलाई सुधार गर्न सकिन्छ भन्ने अहिलेको ज्वलन्त दृष्टान्त भएको समेत बताउनुभयो।आगामी दिनमा आफ्नो गाउँपालिका भित्र पढाईलाई पनि असर नपर्ने गरेर र समयको पनि बचत हुने गरि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र गाउँपालिका अध्यक्ष कप एकै समयमा आयोजना गर्ने समेत बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

Array