Ad image

गंगादेवमा प्रथम राष्ट्रपति रनिङ सिल्ड तथा चौथो अध्यक्ष कप प्रतियोगिता हुँदै

मालश्री खबर
मालश्री खबर ५ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर/ फागुन ५ गते, रोल्पा ।
रोल्पाको गंगादेवमा प्रथम राष्ट्रपति रनिङ सिल्ड तथा चौथो अध्यक्ष कप प्रतियोगिता हुने भएको छ । गंगादेव गाउँपालिकाको आयोजनामा फाल्गुन ६ गतेदेखि जीवन ज्योति माध्यमिक बिद्यालय गंगादेव ६ देउलटाकुराको खेल मैदानमा गर्न लागेको हो । उक्त प्रतियोगितामा पालिका भित्रका माध्यामिक बिद्यालयहरुले राष्ट्रपति रनिङ सिल्डमा भाग लिनेछन भने, प्रावि तथा आधारभूत बिद्यालयहरुले अध्यक्ष कप प्रतियोगितामा भाग लिनेछन ।

जसमा राष्ट्रपति रनिङ सिल्ड तर्फ पुरुष भलिबल (छात्र र छात्रा), कवड्डी (छात्र र छात्रा), हाईजम्म–लमजम्प–त्रिपल जम्प (छात्र र छात्रा) खेलहरु रहेका छन साथै एथलेटिक्सका खेलहरु (छात्र र छात्रा) र ज्याभलिन थ्रो, सटफुट (छात्र र छात्रा) का खेलहरु रहेका छन ।

यस्तै अध्यक्ष कप तर्फ आधारभूत स्तरीय हाजिरीजवाफ र वडास्तरीय खुल्ला भलिबल (पुरुष–महिला) प्रतियोगिता हुने छन । भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार, दोस्रो पुरस्कार १० हजार र तेस्रो पुरस्कार ५ हजार रहेको आयोजकले जनाएको छ । अन्य विभिन्न मैत्रीपूर्ण खेलहरु पनि हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array