Ad image

बाल कल्याण नमुना मावि लिबाङ रोल्पाले विजयी ¥याली मनायो

मालश्री खबर
मालश्री खबर ५ फाल्गुन २०७९, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर, फागुन ५ रोल्पा । बाल कल्याण नमुना मावि लिबाङ रोल्पाले आज रोल्पाको लिबाङमा विजयी ¥याली मनाएको छ । रोल्पा नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ५० पदमा शानदार प्राप्त जित सहित तेस्रो राष्ट्रपति रनिङ शिल्ड पनि फिर्ता नहुने गरि कब्जा गरेको उपलक्ष्यमा विजयी ¥याली मनाइएको विद्यालयका प्रध्यानाध्यापक मधुुसुधन पोख्रेलले बताउनु भएको छ । प्रतियोगितामा विद्यालयले १० का बिरुद्ध २९ स्वर्ण,११ रजत र १० कास्य सहित कुल जम्मा ५० पदमा जित हासिल गरेको हो ।

जसमा प्रतिभा पहिचान अन्तरगत , प्रा.वि., नि.मा.वि. र मा.वि. स्तरीय तिनै तहको हाजिरीजवाफ प्रतियोगिता प्रथम , मा.वि. स्तरीय बक्तृत्वकलामा द्धितिय, नि.मा.वि. स्तरीय नृत्यमा प्रथम, वि.ब्य.स. वक्तृत्वकलामा प्रथम, शिक्षकहरुको भलिबल प्रतियोगितामा प्रथम सहित चालू शैक्षिकसत्रको राष्ट्रपति रनिङ्शिल्ड तथा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

- Advertisement -
Ad image

विद्यालयको प्राङगणबाट शुरु भएको बिजयी ¥याली लिबाङ बजार परिक्रमा गरी पुन. बिद्यालयको प्राङगणमा आएर सम्पन्न भएको छ । कार्यक्रमम उत्कृष्ट हुने प्रतियोगिहरुलाइ विद्यालयका प्रध्यानाध्यापक पोखरेलले बधाई दिदै टिका अबिर, प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो । सम्मान कार्यक्रममा बाल्दै विद्यार्थीलाई खेल क्षेत्रमा मात्र नभएर शैक्षिक क्षेत्रमा पनि प्रतिस्पर्धा गर्नमा जोड दिनुभयो । आफनो विद्यालयबाट पनि राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा शिक्षा खेल क्षेत्रमा नाम कमाई आफनो विद्यालयको नाम उच्च राख्न समेत आग्रह गर्नुभएको छ । खेल क्षेत्रलाई पनि निरन्तरता दिन पनि उहाले सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array