Ad image

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कन  रोल्पामा सुनिलस्मृति गाउँपालिका पहिलो

मालश्री खबर
मालश्री खबर ५ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

मालश्री खबर/ फागुन ५ गते, रोल्पा ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा रोल्पामा सुनिलस्मृति गाउँपालिका रोल्पामा पहिलो भएको छ ।

प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादनको सुचकका आधारमा सुनिलस्मृति गाउँपालिका पहिलो भएको हो ।

आयोगले कार्यसम्पादन गर्न प्रयोग गरिएका २७ वटा सूचक र प्राप्त विवरणका आधारमा सुनिलस्मृति गाउँपालिका रोल्पाभित्र ७०.२५२९ अंकसहित पहिलो भएको छ ।

सुनिलस्मृतिपछि त्रिवेणी गाउँपालिका ६७.०१७२ अंकसहित दोस्रो स्थानमा छ । माडी गाउँपालिका ६३.५२५५ अंकसहित तेस्रो भएको छ भने सुनछहरी गाउँपालिका ६२.७८४६ अंकसहित चौथोमा छ ।

- Advertisement -
Ad image

परिवर्तन गाउँपालिका ५८.७७९१,लुंग्री गाउँपालिका ५५.३११८ रुन्टीगढी ५५.२९३३,रोल्पा नगरपालिकाको ५५.१७१ अंक छ ।

गंगादेव गाउँपालिका ४५.३९७६ र थवाङ गाउँपालिका ४३.२४८२ अंकसहित जिल्लाका पालिकामा पुछारमा रहेको विवरण प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनमा आयोगले उल्लेख छ ।

प्राप्त अंक चित्त नबुझेमा ७ दिनभित्र आवश्यक प्रमाणसहित पुनरावलोकनका लागि निवेदन दिनसक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array