Ad image

बैंकहरूको चर्को ब्याजदर, लघुवित्त र मिटरब्याजी विरुद्ध विरोध प्रदर्शन

मालश्री खबर
मालश्री खबर ५ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

राजेश समर्पण नेपाली, फागुन ५ रोल्पा । नेपाल कम्युनिस्ट पार्टी रोल्पा नगर कमिटीले बैंकहरूको चर्को ब्याजदर, लघुवित्त र मिटरब्याजी विरुद्ध आज विरोध प्रदर्शन गरेको छ । विरोध कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी रोल्पा नगर कमिटिका इन्चार्ज लालबहादुर सुनारले चर्काे ब्याजको बिरुद्धमा राज्यको ध्याणकर्षण गराउँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो यदि अटरे गरेर नमानेमा कारबाही गर्न बाध्य हुने समेत बताउनुभयो । नेपालमा पछिल्लो समय बैंकहरूले व्यवसायीहरूमा बैंकिङ आतंक नै मच्चाइरहेको बताउदै उहाँले एकातिर व्यवसायीहरूको व्यवसाय धराशायी भइराखेको र अर्कोतिर बैङ्कहरूले ब्याजदर बढाउदै लगेको हुँदा व्यावसायीहरूलाई सडकमा ल्याइपुर्याएको बताउनुभयो ।

’गाउँ–गाउँमा लघुवित्तको पनि त्यतिकै आतङ्क भएको र मिटर व्याजले कैयौँ मानिसलाई घरबारविहीन बनाएको छ’, उहाँले भन्नुभयो । नगर कमिटिका इन्चार्ज सुनारले बैंकहरुको चर्को ब्याजदर, लघुवित्त र मिटरब्याजीहरुको कारण जनताहरू घरबारविहिन हुनुपर्ने, आत्महत्या गर्नुपर्ने सम्मको अवस्था श्रृजना भएको बताउँदै सरकारलाई जनता र ब्याबसायीहरुको समस्याहरूमा कुनै सरोकार नभएको बताउनुभयो । कार्यक्रमको बारेमा अखिल क्रान्तीकारी रोल्पाका जिल्ला अध्यक्ष हरि वली र नेपाल कम्युनिस्ट पार्टी रोल्पा नगर कमिटिका इन्चार्ज लाल बहादुर सुनारले प्रस्ट पार्नुभएको थियो । उक्त विरोद्ध प्रर्दशनमा भएको कार्यक्रमको सञ्चालन सेक्रेटरी दुर्गा वलीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array