Ad image

शैक्षिक अवस्था सुधार गर्न त्रिवेणी गाउँपालिकाले वृहत अभियानको सुरुवात गर्दै

मालश्री खबर
मालश्री खबर ५ फाल्गुन २०७९, शुक्रबार
3 Min Read
Aa

त्रिवेणी गाउँपालिका रोल्पाले आफ्नो शैक्षिक अवस्था सुधार गर्न वृहत अभियान अगाडि बढाएको छ । आफ्नो छुटै शिक्षा ऐन, नीति अन्तरगत गाउँपालिकाको शिक्षा योजना निर्माण गरी कार्यान्वयन गर्दैै गाउँपालिकामा रहेका माध्यमिक तहसम्मकै सबै नीजि विद्यालयहरुलाई सामुदायिक विद्यालयहरुमा गाँभेर एक शिक्षा प्रणाली लागू गरी नमूना गाउँपालिका बन्न प्रयत्न थालेको छ ।

गाउँविकासका अन्य थुप्रै पूर्वाधारलाई जोड दिने क्रममा त्रिवेणी गाउँपालिका रोल्पाले शिक्षालाई विशेष महत्वका साथ अगाडि बढाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले बताउनुभयो ।विद्यालय शिक्षामा हुने नियमित गतिविधि संगसंगै त्रिवेणी गाउँपालिका रोल्पाले विगतको कोरोना महामारीका कारण बालबालिकाको सिकाइमा परेको क्षति कम गर्न विभिन्न कार्यहरु गर्दै आएको छ ।

कोरोनाका कारण विगत लामो समय सबै विद्यालयहरु पूर्ण रुपमा बन्द हुदा यहाँ करिव ८ हजार बढी विद्यार्थीहरु पठनपाठनबाट प्रत्यक्ष बञ्चित भए । त्यसकारण त्रिवेणी गाउँपालिकाको आफ्नो कोरोना महामारी शिक्षा प्रतिकार्य योजनालाई कार्यान्वयन गर्दै शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम लागू गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर बाठा बताउनुभयो ।यूनिसेफ र यूएसएआइडी सँगको सहयोगमा तथा त्रिवेणी गाउँपालिका रोल्पासँगको समन्वयमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम संचालन गरी सघाएको हो ।

- Advertisement -
Ad image

सो कार्यक्रम अन्तर्गत बालबालिकाको गुणस्तरीय सिकाइ निरन्तरताका लागि गत चैतदेखि कक्षा १ देखि ३ सम्मलाई टोल शिक्षा कक्षा (अतिरिक्ति कक्षा) को संचालन गर्दै आएको छ । त्रिवेणी गाउँपालिका भित्रका ७ वडाका ३८ वटा विद्यालयहरुमा शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रम संचालन भएको कार्यक्रम संयोजक धरेन्द्र डाँगीले जानकारी दिनुभयो ।सो कार्यक्रम अन्तरगत बालविकास शिक्षकको लागि १० दिने क्षमताविकास तालिम–३२ जनालाई, साप्ताहिक अभिभावक शिक्षा संचालन ३२ विद्यालयमा, २१ वटा बालविकास केन्द्रहरुमा विभिन्न ४५ प्रकारका खेलौनासहितको किट बाकस सहयोग, ११२ जनाशिक्षकलाई टोल शिक्षा संचालन र एकीकृत पाठ्यक्रमसम्बन्धी तालिम, ३८ विद्यालयमा ११० टोलशिक्षा संचालन तथा प्रधानाध्यापकको अनुगमन जस्ता क्रियाकलाप भएका छन् ।

त्यस कार्यक्रमबाट १ देखि ३ कक्षाका २ हजार ८ सय २१ जनाबालबालिका टोल शिक्षा संचालनबाट लाभान्वित हुनुका साथै ५ हजार ३ सय ५४ बालबालिकाहरुलाई विभिन्न स्वअध्ययन शैक्षिक सामग्रीहरु वितरण गरिएको छ । सो कार्यक्रमलाई गाउँपालिका र अन्य सरोकारवाल निकायबाट नियमित अनुगमन गरिदै आएको छ ।कार्यक्रमबाट २१ वटा विद्यालयहरुमा खानेपानी, शौचालय, धारा, ट्यांकी, कक्षाकोठा र भित्ता प्लास्टर, भित्तेलेखन सहयोग गरिनुका साथै २५ विद्यालयका ४५ कक्षाकोठामा बसाई व्यवस्थपन सहयोग विद्यालय सरसफाईका विभिन्न सामग्री सहयोग, ३८ विद्यालयका ३८ जनालाई बालमनोविमर्श सबन्धी ३ दिने तालिम, कक्षाकोठामा प्रविधिमैत्री कक्षाका लागि ११० शिक्षकहरुलाई २० हजार बराबरको ट्याब्लेट र स्पिकर सहयोग समेत प्रदान गरिएको छ ।

शिक्षकहरुलाई तालिम र ट्याब्लेट उपलब्ध गराएपछि बालबालिकाको सिकाइमा प्रभावकारिता बढ्दै गएको दुर्गाभवानी आवि त्रिवेणी गाउँपालिका वडा नं. ४ की शिक्षिका मिना डाँगी बताउनुहुन्छ ।यसबाट आगामी दिनमा शिक्षामा यस्तै महामारीले निरन्तर सिकाइमा असर परेमा सिकाइलाई निरन्तरता दिन ३८ वटा विद्यालय र पालिकामा आपतकालीन शिक्षा प्रतिकार्य योजना निर्माण गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख लिलाकुमारी घर्तीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array