परिवर्तन गाँउपालिकामा प्रजनन् स्वास्थ्य रुग्नताको स्कृनिङ शिविर सञ्चालन हुने 

मालश्री खबर
मालश्री खबर ४ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

 

मालश्री खबर फागुन ४ गते रोल्पा । 

 

परिवर्तन गाँउपालिकाले प्रजनन् स्वास्थ्य रुग्नताको स्कृनिङ शिविर सञ्चालन गर्ने भएको छ । परिवर्तन गाउँपलिकामा आर्थिक वर्ष २०७९/८० को स्वीकृत कार्यक्रम अनुसार सशर्त अनुदानमा उक्त कार्यक्रमको आयोजना परिवर्तन गाउँपालिका स्वास्थ्य शाखाले गरेको छ ।

 

सोही कार्यक्रममा ३० दखी ६० बर्ष उमेर समुहका महिलाहरुमा प्रजनन् स्वास्थ्य रुग्नताको स्कृनिङको सेवा दिने गाँउपालिकाले जनाएको छ । पालिकाले सो कार्यक्रम फाल्गुन ९ र १० गते परिवर्तन गाँउपालिकाको पुतलाचौरमा विहान १० बजे दखी बेलुकी ५ बजे सम्म सञ्चालन गर्ने बताएको छ ।

 

शिविरमा स्तन क्यान्सरको जाँच, प्रसव फिस्टुलाको जाँच, आङ खस्ने समस्याको जाँच तथा उपचार, पाठेघरको मुखको क्यान्सरको जाँच, बाजोपनको जाँच परामर्श तथा उपचार, स्त्री सम्बन्धि विभिन्न रोगहरुको जाँच तथा परामर्शका सार्थ उपचार र भिडियो एक्सरेको सेवा उपलब्ध गराईने छ ।

 

पालिका भित्र यी समस्या भएका सम्पुर्ण बिरामीले उक्त शिविरमा जाँच गराई सेवाको फाईदा लिन परिवर्तन गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत धु्बराज न्यौपानेद्धारा फाल्गुन ४ गते प्रकाशन गरीएको हस्ताक्षरीत सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्