Ad image

परिवर्तन गाउँपालिका प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

मालश्री खबर
मालश्री खबर ४ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,४ फाल्गुन रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा भएको छ।परिवर्तन गाउँपालिका वडा नम्बर ५ राङ्कोटको धामाचौरमा परिवर्तन गाउँपालिकाको आफ्नै खेलमैदानमा गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फाल्गुन ५  भोलि देखि सुरु हुने भएको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको त्वात्वधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा परिवर्तन गाउँपालिकाको पहिलो गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको परिवर्तन गाउँपालिकाको आर्थिक सहयोग र परिवर्तन गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु हुन लागेको हो । प्रतियोगितामा परिवर्तन गाउँपालिका भित्रका १६ वटा सामुदायिक माध्यामिक विद्यालयको सहभागी रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा १०० मिटर दौड,२०० मिटर,४०० मिटर, ८००मिटर,१५०० मिटर र ३००० हजार मिटर दौड,छात्र भलिबल,छात्रा भलिबल,हाइजम्प,त्रिपल जम्प,लङजम्प,सटफुट,ज्यापलिन थ्रो,रिलेदौड ४०० मिटर र १६०० मिटर तथा मार्सल आर्टका खेलहरु आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले राष्ट्रपति शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने अन्य प्रतियोगितामा विजयी हुनेले ट्रफी र प्रमाणपत्र पाउने छन ।

 

- Advertisement -
Ad image

साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगर(थमन)को प्रमुख आतिथ्यतामा हुने परिवर्तन गाउँपालिका खेलकुद समितिका अध्यक्ष विक्रम बाँठा मगरले जानकारी दिनुभएको छ।परिवर्तन गाउँपालिका पहिलो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फाल्गुन ५ र ६ गते २ दिनसम्म जारी रह्ने परिवर्तन गाउँपालिकाले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

Array