Ad image

माडी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मालश्री खबर
मालश्री खबर २ फाल्गुन २०७९, मंगलवार
3 Min Read
Aa

मालश्री खबर, फाल्गुन २ गते रोल्पा ।

रोल्पाको माडी गाउँपालिका वडा नम्बर २ घर्तिगाउँमा गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । माडी गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशक समितिको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन प्रदेशसभा सदस्य माननीय दिपेन्द्र कुमार पुनले गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य माननीय पुनले खेलकुद एउटा जीवनको महत्त्वपर्ण अङ्ग रहेको बताउदै हाम्रो स्वास्थ्यको लागि राम्रो भएको र प्रतिभाको विकास गरेर राष्ट्रिय, अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा खेल खेल्न सक्ने त्यस्ता खेलाडिहरु निर्माण गर्दै राष्ट्रलाई चिनाउन सक्ने बताउनु भएको छ । त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष अमरसिंह घर्ति मित्रमणीले रनिङ सिल्डले बिद्यार्थीको खेल क्षेत्रप्रतिको लगावलाइ प्रस्फुटन गर्ने भुमिका रहेको बताउदै यस गाउँपालिकामा रनिङ सिल्ड आउदै गर्दा बिद्यालय र शिक्षक शिक्षिकाहरुलाई समेत उत्साह आउने बताउनुभयो ।

- Advertisement -
Ad image

प्रतियोगितामा पालिकाका ७ वटा सामुदायिक माध्यामिक विद्यालय सहभागी रहेको आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार माडी गाउँपालिका वडा नम्बर २ घर्तिगाउँ स्थित बलु स्मृति खेलमैदानमा प्रतियोगिता शुरु भएको छ । माघ १ गते हिजो एथ्लेटिक्सको खेल शुरु भएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १०० मिटर दौड , २०० मिटर, ४०० मिटर , ८०० मिटर, १५०० मिटर र ३००० हजार मिटर दौड हुनेछ । त्यस्तै छात्रा भलिबल , छात्र भलिबल , हाइजम्प , त्रिपल जम्प , लङ्ग जम्प , सट फुट , ज्यापलिन थ्रो , रिले दौड ४०० मिटर र १६०० मिटर , खेलहरु तथा मार्सल आर्टका खेल समेत हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुनेले राष्ट्रपति शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने अन्य प्रतियोगितामा विजयी हुनेले ट्रफी र प्रमाणपत्र पाउनेछन् ।


कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाठा, परिवर्तन गापा अध्यक्ष सुकबहदुर बुढा, खेलकुख विकास समिति रोल्पाका पुर्व अध्यक्ष समाज सेवी तथा राजनितिज्ञ कृष्णबहादुर घर्तिमगर, नेपाली कांग्रेका क्षेत्रीय अध्यक्ष गोपाल घर्ति, नेकपा एमालेका विजय घर्ति लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो। माडी गाउँपालिका अध्यक्ष तथा निर्देशक समिति संयोजक अमरसिंह घर्तिमगर मित्रमणीकोे अध्यक्षतामा शुरु भएको कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सिता आचार्य, छिमेकी गाउँपालिका त्रिवेणीका अध्यक्ष कर्ण बहादुर बाँठा र परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा थमनको समेत उपस्थिति रहेको थियो । माडी गाउँपालिका उपाध्यक्ष जयपुरी घर्तिमगर जुनमायाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन निर्देशक समिति सदस्य एवम् शिक्षक महासंघ माडीका अध्यक्ष लोकचन्द्र प्रकाश घर्तिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array