Ad image

नेपाल कम्युनिष्ट पार्टीद्वारा जनयुद्ध दिवसको अवसरमा फलफूल वितरण

मालश्री खबर
मालश्री खबर १ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

२८ औं जनयुद्ध दिवस नेपाल कम्युनिष्ट पार्टी रोल्पा मध्य दक्षिणले पनि मनाएको छ । दिवसको अवसरमा रोल्पा अस्पतालमा बिरामीहरुलाई फलफूल वितरण तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा रोल्पा जिल्ला मध्यदक्षिण इन्चार्ज तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य जंग बहादुर भण्डारी आक्रोश, जिल्ला सेक्रेटरी खिमराज पुन (प्रभात) नगर इन्चार्ज लालबहादुर सुनार, नगर इन्चार्ज लालबहादुर नगर सेक्रेटरी दुर्गा वली, विद्यार्थी जिल्ला अध्यक्ष हरि वली, जिल्ला कमिटी सदस्य सरिता केसी, रणबहादुर पुन लगाएत नगर कमिटीका सदस्यहरुको उपस्थितिमा रहेको थियो । दिवसको अवसरमा नगर कमिटीको बैठक तथा शुभकामना आदान प्रदान समेत गरिएको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले जनाएको छ ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array