Ad image

२८औं महान जनयुद्ध दिवसको अवसरमा(वीरजंग)स्मृति प्रथम कपको उद्घाटन

मालश्री खबर
मालश्री खबर १ फाल्गुन २०७९, सोमबार
4 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,१ फाल्गुन रोल्पा। नेपाल कम्युनिष्ट पार्टी परिवर्तन गाउँ समितिको आयोजनामा फाल्गुन १ गते २८औं महान जनयुद्ध दिवसको अवसरमा(वीरजंग)स्मृति प्रथम कपको उद्घाटन गरिएको छ।परिवर्तन गाउँपालिका-३ बागमारा लाली गुराँस युवा क्लबको प्राङ्गणमा स्वर्गीय(वीरजंग)स्मृति प्रथम कपको उद्घाटन गरिएको हो।विशेष गरि फाल्गुन १ गते महान जनयुद्ध दिवसलाई लक्षित गरेर नेपाल कम्युनिष्ट पार्टी परिवर्तन गाउँ समिति रोल्पाले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य स्वर्गीय चन्द्र बहादुर चन्द(वीरजंग)को सम्झनामा वीरजंग स्मृति प्रथम कपको आयोजना गरिएको बताइएको छ।

नेकपा परिवर्तन गाउँ समिति रोल्पाले फाल्गुन १ गते २८ औं महान जनयुद्ध दिवसको शुभ दिन र शुभ अवसरमा (वीरजंग)स्मृति प्रथम कपको एक कार्यक्रमको बीच उद्घाटन भएको छ।परिवर्तन गाउँपालिका नेकपा गाउँ समितिका सेक्रेटरी हिरालाल खड्का(डाइमण्ड)को अध्यक्षमा भएको वीरजंग स्मृति प्रथम कप उद्घाटन कार्यक्रमको प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा स्कूलिङ विभागका प्रमुख भरत बम सी रहनु भएको थियो।विशिष्ट अतिथीमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य स्वर्गीय चन्द्र बहादुर चन्द(वीरजंग) का जीवन सङ्गीनी राजकुमारी चन्द रहनु भएको थियो।

- Advertisement -
Ad image

अन्य अतिथीमा नेकपा केन्द्रिय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन पोख्रेल सी,नेकपा केन्द्रिय सदस्य तथा पश्चिम जिल्ला इन्चार्ज सम्झना घर्ती मगर सी,नेकपा केन्द्रिय सदस्य प्रतिनिधि समिति सदस्य तथा राप्ती ब्युरो कार्यालय सचीव विकास वली सी,नेकपा पश्चिम रोल्पा जिल्ला सेक्रेटरी सन्दीप वली सी,नेपाल जन प्रगतिशील मोर्चा साउदीका महासचिव प्रसराम घर्ती,नेकपा परिवर्तन गाउँपालिकाका इन्चार्ज पृथ्वी विक्रम डाँगी,नेकपा माडी गाउँपालिकाका इन्चार्ज अविरल बुढा,अखिल नेपाल शिक्षक महासंघ रोल्पा जिल्ला उपाध्यक्ष धन बहादुर डाँगी,सदस्य लक्ष्मण खड्का,नेकपा जिल्ला सदस्य भक्त बहादुर रिजाल,नेकपा एमाले रोल्पा जिल्ला सदस्य कर्ण बहादुर बुढा,नेकपा माओवादी केन्द्रका प्रतिनिधि झपिराम डाँगी लगायतको आतिथ्यता रहेको थियो।

नेकपा परिवर्तन गाउँ समितिका सदस्य महेन्द्र बहादुर चन्दको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा राजनीतिक दल,व्यापारी,बुद्धिजीवी,शिक्षक,कर्मचारी,कलाकार, खेलाडी,पत्रकार,झाँकी नाच समूह,आमा समूह,युवा समूह,आर्थिक लगायत अन्य सहयोगी महानुभावहरुको उपस्थिति रहेको थियो।दिवसको अवसरमा खेलकुद प्रतियोगिता अन्तर्गत साविकको शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता,खुल्ला महिला भलिबल प्रतियोगिता र खुल्ला ब्याडमिन्टन प्रतियोगिता लगायतको आयोजना गरेको छ।साविकको शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम आउने टिमले नगद रु.३० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।द्वितीय आउने टिमले नगद रु.२० हजार सहित,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।तृतीय आउने टिमले नगद रु.११ हजार सहित,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।

भने सान्त्वना आउने टिमले नगद रु.६ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन।खुल्ला महिला भलिबल प्रतियोगिता तर्फ प्रथम आउने टिमले नगद रु.२५ हजार सहित,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।द्वितीय आउने टिमले नगद रु.१५ हजार सहित,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।तृतीय आउने टिमले नगद रु.१० हजार सहित,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।भने सान्त्वना आउने टिमले नगद रु.५ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन।खुल्ला ब्याडमिन्टन प्रतियोगिता तर्फ प्रथम आउने टिमले नगद रु.१० हजार र प्रमाणपत्र प्राप्त गर्नेछन।

द्वितीय आउने टिमले नगद रु.८ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन।तृतीय आउने टिमले नगद रु.६ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन।भने सान्त्वना आउने टिमले नगद रु.४ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन।एकल नृत्य प्रतियोगिता तर्फ प्रथम आउनेले नगद रु.४ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन।द्वितीय आउनेले नगद रु.३ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन।तृतीय आउनेले नगद रु.२ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन।भने सान्त्वना आउनेले नगद रु.१ हजार र प्रमाणपत्र प्राप्त गर्ने छन।वीरजंगको २०७८ असोज २८ गते मुटुरोगको उपचारको क्रममा भारतको डिल्ली स्थित म्याक्स अस्पतालमा भएको थियो।

चन्द विद्यार्थी कालमा पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलनमा सहभागी हुँदै,नेपाल कम्युनिष्ट पार्टी(मसाल),नेकपा(एकता केन्द्र),नेकपा (माओवादी),१० बर्षको महान जनयुद्ध,२०६२/०६३ पछी माओवादी पार्टी नेतृत्वमा आएको विचलनको विरुद्ध दुईलाइन संघर्ष र नेकपा पार्टी निर्माण एवं एकीकृत जनक्रान्तीमा ऐतिहासिक,जुझारु र साहसिक भुमिका निर्वाह गर्दै आएका थिए।२०१६ साल फागुन ७ गते रोल्पा जिल्ला इरिबाङ गाविस साविकको-६ र अहिलेको परिवर्तन गाउँपालिका-३ केवरीमा जन्मिनु भएको थियो।चन्द्र बहादुर चन्द(वीरजंग)नेकपा महासचिव नेत्रविक्रम चन्द(विप्लव)का जेठो दाइ समेत हुन।कार्यक्रमको सञ्चालन श्याम शाही ठकुरीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array