Ad image

२७औं जनयुद्ध दिवसको अवसरमा वीरजंग स्मृति प्रथम कपआयोजना हुँदै

मालश्री खबर
मालश्री खबर १ फाल्गुन २०७९, सोमबार
4 Min Read
Aa

रोल्पा । नेपाल कम्युनिष्ट पार्टी परिवर्तन गाउँ समितिको आयोजनामा फाल्गुन १ गते २७ औं महान जनयुद्ध दिवसको अवसरमा (वीरजंग)स्मृति प्रथम कप आयोजना गर्न लागेको छ । परिवर्तन गाउँपालिका–३ बागमारामा रहेको लाली गुराँस युवा क्लबको प्राङ्गणमा स्वर्गीय (वीरजंग)स्मृति प्रथम कप प्रतियोगिताको आयोजना गर्न लागेको बताइएको छ । विशेष गरि फाल्गुन १ गते जनयुद्ध दिवसलाई लक्षित गरेर नेपाल कम्युनिष्ट पार्टी परिवर्तन गाउँ समिति रोल्पाले नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य स्वर्गीय चन्द्र बहादुर चन्द (वीरजंग)को सम्झनामा वीरजंग स्मृति प्रथम कप आयोजना गरेको हो ।

नेकपा परिवर्तन गाउँ समिति रोल्पाले फाल्गुन १ गते २७ औं जनयुद्ध दिवसको शुभ दिन र शुभ अवसरमा (वीरजंग)स्मृति प्रथम कप तपशिलका खेलकुद प्रतियोगिताको आयोजना गरि भव्य र सभ्य रूपमा मनाउन गइरहेको सम्पूर्णमा जानकारी समेत गराएको छ । उक्त जनयुद्ध दिवसलाई सफल पारिदिन युवा युवती, राजनीतिक दल, व्यापारी, बुद्धिजीवी, शिक्षक, कर्मचारी, कलाकार, खेलाडी, पत्रकार, झाँकी नाच समूह, आमा समूह, युवा समूह, यवम आर्थिक लगायत अन्य सहयोगीहरुलाई गरिमामय उपस्थितिको लागि नेकपा परिवर्तन गाउँ समिति रोल्पाका इन्चार्ज पृथ्वी विक्रम डाँगी (प्रज्वल)ले सबैलाई आग्रह गरेका छन् ।

दिवसको अवसरमा खेलकुद प्रतियोगिता अन्तर्गत साविकको शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता र खुल्ला ब्याडमिन्टन प्रतियोगिता लगायतको आयोजना गरेको छ । साविकको शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम आउने टिमले नगद रु.३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । द्वितीय आउने टिमले नगद रु.२० हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । तृतीय आउने टिमले नगद रु.११ हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । भने सान्त्वना आउने टिमले नगद रु.६ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन ।

खुल्ला महिला भलिबल प्रतियोगिता तर्फ प्रथम आउने टिमले नगद रु.२५ हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । द्वितीय आउने टिमले नगद रु.१५ हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । तृतीय आउने टिमले नगद रु.१० हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । भने सान्त्वना आउने टिमले नगद रु.५ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन । खुल्ला ब्याडमिन्टन प्रतियोगिता तर्फ प्रथम आउने टिमले नगद रु.१० हजार र प्रमाणपत्र प्राप्त गर्नेछन । द्वितीय आउने टिमले नगद रु.८ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन । तृतीय आउने टिमले नगद रु.६ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन । भने सान्त्वना आउने टिमले नगद रु.४ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन ।एकल नृत्य प्रतियोगिता तर्फ प्रथम आउनेले नगद रु.४ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन ।

- Advertisement -
Ad image

द्वितीय आउनेले नगद रु.३ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन । तृतीय आउनेले नगद रु.२ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन । भने सान्त्वना आउनेले नगद रु.१ हजार र प्रमाणपत्र प्राप्त गर्ने नेकपा परिवर्तन गाउँ समिति रोल्पाका सेक्रेटरी हिरालाल खड्का (डाइमण्ड)ले जानकारी दिएका छन् । स्वर्गीय चन्द्र बहादुर चन्द (वीरजंग)नेकपा कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत थिए । वीरजंगको २०७८ असोज २८ गते मुटुरोगको उपचारको क्रममा भारतको डिल्ली स्थित म्याक्स अस्पतालमा भएको थियो ।

चन्द विद्यार्थी कालमा पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलनमा सहभागी हुँदै, नेपाल कम्युनिष्ट पार्टी (मसाल),नेकपा (एकता केन्द्र), नेकपा (माओवादी),१० बर्षको महान जनयुद्ध, २०६२/०६३ पछी माओवादी पार्टी नेतृत्वमा आएको विचलनको विरुद्ध दुईलाइन संघर्ष र नेकपा पार्टी निर्माण एवं एकीकृत जनक्रान्तीमा ऐतिहासिक, जुझारु र साहसिक भुमिका निर्वाह गर्दै आएका थिए । २०१६ साल फागुन ७ गते रोल्पा जिल्ला इरिबाङ गाविस साविकको–६ र अहिलेको परिवर्तन गाउँपालिका–३ केवरीमा जन्मिएका थिए । चन्द्र बहादुर चन्द (वीरजंग)नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)का जेठो दाइ समेत हुन् । ऐना खबर

प्रतिक्रिया दिनुहोस्

Array