Ad image

परिवर्तन गाउँपालिकाकाे शैक्षिक सम्मेलन सुरु

मालश्री खबर
मालश्री खबर १ फाल्गुन २०७९, सोमबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,फाल्गुन १ रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकाले शैक्षिक सम्मेलन सुरु गरेको छ।परिवर्तन गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक सम्मेलन गर्न लागेको हो।शैक्षिक सम्मेलन परिवर्तन गाउँपालिकाको आफ्नै सभाह्ल पुतलाचौरमा एक कार्यक्रमका बीच आइतबार सुरु गरिएको छ।परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरको अध्यक्षतामा भएको शैक्षिक सम्मेलन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन(सिजल)को प्रमुख आतिथ्यतामा सम्मेलन सुरु भएको छ।

नेपाल सरकारका पूर्व मुख्य सचीव तथा चीनका राजदूत समेत भइसकेका लिलामणी पौडेल र छिमेकी गाउँपालिका माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्ती मगरको विशिष्ट आतिथ्यता रहेको थियो भने शिक्षा विद तथा कालिका मा.वि बटुवलका क्याम्पस प्रमुख धनश्याम पाठक,पूर्व श्रोत व्यक्ति नारायण पौडेल,शिक्षा प्रेमी राधा पौडेल,परिवर्तन गाउँपालिकाका उपाध्यक्ष कलादेवी खत्रेनी र परिवर्तन गाउँपालिकाका पूर्व उपाध्यक्ष हित कुमारी बुढा मगर लगायत परिवर्तन गाउँपालिका भित्रका सबै वडा अध्यक्षहरुको आतिथ्यता रहेको थियो।

- Advertisement -
Ad image

परिवर्तन गाउँ पालिका २ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरको स्वागत मन्तव्य बाट सुरु भएको शैक्षिक सम्मेलन कार्यक्रमको वक्ताका रूपमा नेपाल सरकारका पूर्व मुख्य सचीव लिलामणी पौडेल,शिक्षा विद धनश्याम पाठक र पूर्व स्रोत व्यक्ति नारायण पौडेल लगायत रहनु भएको छ।साथै शैक्षिक सम्मेलनमा शुभकामना मन्तव्य राख्नेमा परिवर्तन गाउँपालिकाका पूर्व उपाध्यक्ष हित कुमारी बुढा मगर,माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्ती मगर र लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र कुमार पुन(सिजल) लगायतले आफ्ना महत्त्वपूर्ण भनाईहरु राखेका थिए।

शैक्षिक सम्मेलन कार्यक्रम दुई दिन सम्म जारी रह्ने बताइएको छ।परिवर्तन गाउँपालिकाको शिक्षा क्षेत्रको बारेमा परिवर्तन गाउँपालिकाका शिक्षा शाखा प्रमुख बालाराम वलीले प्रकाश पार्नु भएको थियो।शैक्षिक सम्मेलन कार्यक्रममा प्रत्येक विद्यालय बाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,शिक्षक अभिभावक संघका संयोजक र प्रधानाध्यापकहरुको उपस्थिती रहेको छ।

परिवर्तन गाउँपालिका भित्र सामुदायिक विद्यालय ४३ रहेको छ भने संस्थागत विद्यालय ३ गरी जम्मा ४६ विद्यालय रहेको छ।परिवर्तन गाउँपालिका भित्र रहेका विद्यालयहरुको शैक्षिक अवस्थालाई सुधार गर्ने उद्देश्यले शैक्षिक सम्मेलनको आयोजना गरिएको बताइएको छ।शैक्षिक सम्मेलन कार्यक्रमको सञ्चालन परिवर्तन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक घर्ती मगरले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्