सुर्य प्रकाश बुढा मगर,२९ माघ रोल्पा । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले शिक्षालाई सुधार गर्ने गरि शैक्षिक सम्मेलन कार्यक्रमको आयोजना गरेको बताउनु भएको छ । परिवर्तन गाउँपालिकाले आयोजना गरेको शैक्षिक सम्मेलन कार्यक्रमको अध्यक्ष समेत रहेका बुढा मगरले सो कुरा बताउनु भएको हो।अब शिक्षण सिकाई प्रक्रियालाई कसरी अगाडि बढाउन सक्छौ,आफूहरू सँग भएको शिक्षा प्रणालीमा आधारित भएर व्यावहारिक, जनमुखी बनाउन सक्छौ र शिक्षालाई कसरी गरि खाने जो व्यावसायिक शिक्षा सँग जोड्नु अहिलेको आवश्यकता भएको समेत बताउनुभयो।
त्यो सँगै आफूहरूले संविधानले स्वीकार गरेको जस्तो निशुल्क बनाउने र त्यो सँग सम्भव छ कि छैन भन्ने कुरा अहिलेको महत्त्वपूर्ण भएको समेत बताउनुभयो।साथै विद्यालयमा अभिभावकलाई पर्न गएको भारलाई कम गर्ने गरी विद्यालयलाई एक मुस्त अनुदान दिने गरि शिक्षालाई निशुल्क बनाउन सकिन्छ कि भन्ने कुराको पर्यत्न गर्ने गरि कार्यविधि अगाडि बढेको समेत बताउनुभयो।
शैक्षिक सम्मेलनले गर्न खोजेको परिवर्तन गाउँपालिकामा शिक्षाको अवस्थामा कहाँ छ भन्ने कुरा आफूहरू तिर फर्किएर मन्न गर्नुपर्ने पहिलो कुरा भएको समेत बताउनुभयो।दोस्रो कुरा हाम्रो अवस्था के छ भन्ने कुरामा पुगेपछि शिक्षालाई सुधार गर्नको लागि के के गर्नुपर्छ भन्ने आजको महत्त्वपूर्ण भएको र परिवर्तन गाउँपालिकाको अहिले शिक्षा अवस्थालाई मन्न गर्ने र त्यसको जगमा शिक्षण सिकाइ उपलब्धि राम्रो बनाई जाने समेत बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्