Ad image

परिवर्तन गाउँपालिका र माडी गाउँपालिकाको शिक्षा क्षेत्रमा केही फरक नभएको-अध्यक्ष घर्ती मगर

मालश्री खबर
मालश्री खबर १ फाल्गुन २०७९, सोमबार
2 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर,फाल्गुन १ रोल्पा। रोल्पाको माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्ती मगरले परिवर्तन गाउँपालिका र माडी गाउँपालिकाको शिक्षा क्षेत्रमा केही फरक नभएको बताउनु भएको छ । परिवर्तन गाउँपालिकाले आयोजना गरेको शैक्षिक सम्मेलन कार्यक्रमको विशिष्ट अतिथीको रूपमा सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।सम्मेलनको विशिष्ट अतिथी समेत रहेका घर्ती मगरले जे कुरा परिवर्तनमा छ त्यहीँ कुरा माडी गाउँपालिकामा रहेको र जे कुरा माडी गाउँपालिकामा छ त्यहीँ कुरा परिवर्तन गाउँपालिका रहेको समेत बताउनुभयो।

रोल्पा जिल्ला एक दशक पछी पनि माडी गाउँपालिका र परिवर्तन गाउँपालिकामा भौतिक रूपमा केही उथलपुथल भएता पनि मानव संशोधन र शिक्षा क्षेत्रमा आफूहरू निकै पछाडी रहेको आफूहरूको भोगाइले बताइरहेको समेत बताउनुभयो।आज पनि आफूहरूले आफ्नो गाउँपालिकाको शिक्षाको अवस्था हेर्दा र भित्र कार्यसम्पादन गर्दा पनि असहजता पैदा भएको समेत बताउनुभयो।

आफूहरू नेतृत्वमा आएको पनि त्यति लामो समय नभएको र करिब दस महिना मात्र भएको बताउदै आफूहरू समक्ष दक्ष जनशक्ति नभएको समेत जिकिर गर्नुभयो।शिक्षाका जनशक्ति नहुँदा आफूहरू कठिनाइ अवस्था बाट अगाडि बढिरहेको समेत बताउनुभयो।साथै स्थानीय सुशासनमा दक्ष जनशक्तिको अभाव भोगीरहेको समेत बताउदै,जसको कारण विकास निर्माणमा फड्को मार्न नसक्नु यसको ज्वलन्त उदाहरण भएको समेत बताउनुभयो।दक्ष जनशक्ति उत्पादन गर्नका लागि शिक्षा क्षेत्रमा ठूलो फड्को मार्नुपर्ने बेला आएको समेत बताउनुभयो।

घर्ती मगरले भने”पहाडी इलाकाका गाउँपालिकाहरु संघ र प्रदेश बाट आश्रीत छौ,आफूहरू चल्नको लागि न आन्तरिक स्रोत छ न कुनै फिडब्याक दिने निकाय नै छैन,आफूहरूसँग सिमित बजेट आउने र संघ र प्रदेश बाट निर्धारित गरेर दिएको”हुने समेत बताउनुभयो।जसले गर्दा शैक्षिक क्षेत्रमा गर्ने कार्यक्रम गर्नका लागि निकै ह्याम्पर परेको समेत बताउनुभयो।आफूहरूको इच्छा चाहना धेरै भए पनि गाउँ शिक्षा,गाउँकार्यपालिकामा समेत गह्न छलफल हुने समेत बताउनुभयो।शैक्षिक क्षेत्रलाई कसरी अगाडि बढाउने,शैक्षिक क्षेत्रलाई कसरी माथि उठाउने र रोल्पा जिल्लालाई कसरी शिक्षामा विकास गर्ने भन्ने कुरामा असीमित बहस हुने समेत बताउनुभयो।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array