नेकपा परिवर्तन गाउँ समिति रोल्पाले फाल्गुन १ गते २७ औं जनयुद्ध दिवसको शुभ दिन र शुभ अवसरमा (वीरजंग)स्मृति प्रथम कप तपशिलका खेलकुद प्रतियोगिताको आयोजना गरि भव्य र सभ्य रूपमा मनाउन गइरहेको सम्पूर्णमा जानकारी समेत गराएको छ । उक्त जनयुद्ध दिवसलाई सफल पारिदिन युवा युवती, राजनीतिक दल, व्यापारी, बुद्धिजीवी, शिक्षक, कर्मचारी, कलाकार, खेलाडी, पत्रकार, झाँकी नाच समूह, आमा समूह, युवा समूह, यवम आर्थिक लगायत अन्य सहयोगीहरुलाई गरिमामय उपस्थितिको लागि नेकपा परिवर्तन गाउँ समिति रोल्पाका इन्चार्ज पृथ्वी विक्रम डाँगी (प्रज्वल)ले सबैलाई आग्रह गरेका छन् ।
दिवसको अवसरमा खेलकुद प्रतियोगिता अन्तर्गत साविकको शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला महिला भलिबल प्रतियोगिता र खुल्ला ब्याडमिन्टन प्रतियोगिता लगायतको आयोजना गरेको छ । साविकको शुद्ध वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम आउने टिमले नगद रु.३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । द्वितीय आउने टिमले नगद रु.२० हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । तृतीय आउने टिमले नगद रु.११ हजार सहित, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । भने सान्त्वना आउने टिमले नगद रु.६ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन ।
प्रतिक्रिया दिनुहोस्