Ad image

परिवर्तन गाउँपालिकाले शैक्षिक सम्मेलन गर्दै

मालश्री खबर
मालश्री खबर २८ माघ २०७९, शनिबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढामगर/मालश्री खबर, माघ २८ गते, रोल्पा ।

रोल्पाको परिवर्तन गाउँपालिकाले शैक्षिक सम्मेलन गर्न लागेको छ परिबर्तन गाँउपालिकाले जानकारी दिएको छ । शिक्षा समितिको मिति २०७९ पुष १२ गतेको बैठकको निर्णय अनुसार शिक्षा, युवा तथा खेलकुद शाखा परिवर्तन गाउँपालिका रोल्पाको आयोजनामा शैक्षिक सम्मेलन गर्न लागेको हो । शैक्षिक सम्मेलन माघ २९ गते र फागुन १ गते परिवर्तन गाउँपालिकाको आफ्नै सभाह्ल पुतलाचौरमा हुने समेत बताइएको छ ।

शैक्षिक सम्मेलन कार्यक्रममा प्रत्येक विद्यालयबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका संयोजक र प्रधानाध्यापकलाई अनिवार्य उपस्थित भइदिन परिवर्तन गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत दिपक घर्ती मगरद्वारा हस्ताक्षर गरिएको एक सूचना मार्फत जानकारी गराईएको छ ।

- Advertisement -
Ad image

परिवर्तन गाउँपालिका भित्र सामुदायिक विद्यालय ४३ रहेको छ भने संस्थागत विद्यालय ३ गरी जम्मा ४६ विद्यालय रहेको छ । परिवर्तन गाउँपालिका भित्र रहेका विद्यालयहरुको शैक्षिक अवस्थालाई सुधार गर्ने उद्देश्यले शैक्षिक सम्मेलन गर्न लागेको परिवर्तन गाउँपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array