Ad image

समृद्ध लुम्बिनी आत्म निर्भर प्रदेश बनाउनको लागि कृषिमा लगानी आवश्यक छ – प्रदेश सांसद महरा

मालश्री खबर
मालश्री खबर २८ माघ २०७९, शनिबार
1 Min Read
Aa

भरत नेपाली माघ २८

समृद्ध लुम्बिनी आत्म निर्भर प्रदेश बनाउनको लागि पुर्वाधार विकास सगै रोजगारीको सृजना गर्न कृषिमा लगानी गर्नु पर्ने लुम्बिनी प्रदेश सभा सदस्य जोख बहादुर महराले बताउनु भयो छ । शनिवार रुन्टिगढि गाउँपालिकाको आयोजना तथा सुर्योद्धय माध्यमिक विद्यालय मसिनाको ब्यबस्थापनमा गरिएको चौथो रास्ट्रपति तथा रुन्टिगढि रनिङ सिल्डको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि महराले सो कुरा बताउनु भएको हो ।

प्रमुख अतिथी महराले हाम्रो बाउ, बाजेले यहि माटोमा कृषि पेशा गरेर बाचेको बताउदै पछिल्लो समय कृषि लाई कम प्राथमिकता दिएकाले स्थानीय र प्रदेश सरकारले कृषिमा बिशेष लगानी गर्नु पर्ने बताउनु भयो ।

उदघाटन समारोहमा बोल्दै प्रमुख अतिथि महराले जनताको जनादेश अनुसार कुनै पार्टीको स्पष्ट बहुमत नआएकाले सात राजनीति दलहरु मिलि सरकार गठन भएको बताउदै देशमा रास्ट्रिय सरकार बने पछि मात्र समृद्ध नेपाल बन्नेमा जोड दिनु भयो ।

- Advertisement -
Ad image

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गरि चुनावमा गए पनि गठबन्धन बाट स्पष्ट बहुमत नआए पछि सात दल मिलेर सरकार निर्माण गरेको बताउदै समृद्ध नेपाल निमार्ण गर्नमा प्रदेश र संघिय सरकार लाग्नु पर्ने बताउनु भयो ।

महराले गाउँ, जिल्ला र देश चिनाउनको लागि खेलकुदको महत्व हुने बताउदै रोल्पाका पालिकाहरुले रनिङ सिल्डको आयोजना गरि खेलकुद क्षेत्रको बिकास गर्न लागेकोमा धन्यवाद दिनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array