Ad image

थबाङमा अध्यक्ष कप हुँदै

मालश्री खबर
मालश्री खबर २८ माघ २०७९, शनिबार
1 Min Read
Aa

सुर्य प्रकाश बुढा मगर, माघ २८ रोल्पा । रोल्पाको थबाङमा अध्यक्ष कप हुने भएको छ।थबाङ गाउँपालिकाको आयोजनामा फाल्गुन १ गतेदेखि ३ गतेसम्म थबाङ गाउँपालिका २ को खेल मैदानमा गर्न लागेको हो।”खेलकुद क्षेत्रमा लगानी स्वास्थ्य जनशक्ति उत्पादन कला संस्कृतिको पहिचान सहिद तथा बेपत्ता नागरिकप्रति सम्मान”भन्ने मुल नाराका साथ २७ औं महान जनयुद्ध दिवसको अवसरमा थबाङ गाउँपालिका अध्यक्ष कप २०७९ को अवसरमा विविध खेलकुद प्रतियोगिताको समेत आयोजना गरिएको गाउँपालिकाले बताएको छ।

 

जसमा पुरुष भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु.१ लाख,द्वितीय पुरस्कार रु.५० हजार र तृतीय पुरस्कार रु.२५ हजार राखिएको छ।महिला भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु.१ लाख,द्वितीय पुरस्कार रु.५० हजार र तृतीय पुरस्कार रु.२५ हजार राखिएको छ।पुरुष डबल ब्याटमिन्टन प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु.२० हजार,द्वितीय पुरस्कार रु.१० हजार र तृतीय पुरस्कार रु.५ हजार राखिएको छ।

 

- Advertisement -
Ad image

महिला डबल ब्याटमिन्टन प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु.२० हजार,द्वितीय पुरस्कार रु.१० हजार र तृतीय पुरस्कार रु.५ हजार राखिएको छ।साथै गाउँपालिकाले सहिद तथा बेपत्ता परिवारप्रति सम्मान कार्यक्रमको समेत आयोजना गरिएको गाउँपालिकाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array