Ad image

रोल्पा जिल्लामा सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ परीक्षा सम्पन्न

मालश्री खबर
मालश्री खबर २७ माघ २०७९, शुक्रबार
3 Min Read
Aa

 

मालश्री खबर,माघ २७ गते, रोल्पा ।

 

नेपाल तेक्वान्दो संघको बार्षिक कार्यक्रम अनुसार रोल्पा जिल्ला तेक्वान्न्दो संघ अन्तर्गत संचालन भएका जिल्ला भरका सिनियर तेक्वान्दो खेलाडीहरुको ग्रेडिङ परीक्षा मिति आज सम्पन्न भएको छ । प्रथम डान र दोस्रो डान बल्याक वेल्टको ग्रेडिङ परीक्षामा प्रथम डान बल्याक वेल्ट तर्फ ३ जना र दोस्रो डान बल्याक वेल्ट तर्फ ८ जना खेलाडीहरुको सहभागीता रहेको थियो ।

- Advertisement -
Ad image

रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष हेमन्त खत्रीको अध्यक्षता तथा रोल्पा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोलङ घर्तीमगरको प्रमुख आथित्यतामा भएको कार्यक्रममा रोल्पा जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष त्रिभुवन राना, सचिब तथा जिल्ला रेफ्री संयोजक लोकेन्द्र सेन (सिम्पल कान्छा), रोल्पा जिल्ला तेक्वान्दो संघका प्रदेश सदस्य दिनेश बुढामगर, तेक्वान्दोका राष्ट्रिय खेलाडी हुकुम सिंह, जिल्ला ग्रेडिङ समितिका पदाधिकारीहरु लगायत जिल्ला स्थित तेक्वान्दोका सिनियर खेलाडी तथा तेक्वान्दो प्रेमीहरुको उपस्थित रहेको थियो । सो ग्रेडिङ परीक्षामा हात खट्टाको प्रयोग गरी विभिन्न बलक, किकिङ, स्पाइरिङ, टायल फल्याक ब्रेकिङ, पुम्से पर्दशन, प्भदयल म्यलनब, ऋजबनष्, एययmकबभ, ज्बलदभयल न्थबचययनष्, ज्यकजष्लयब,ि प्थगपउ, न्थबचययनष् लगायतका कार्यहरु प्रर्दशन गरेवापत ग्रेडिङ परीक्षामा सफल हुन सकिने बताइएको छ ।

कार्यक्रम समापन समारोहका प्रमुख अतिथि रोल्पा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोलङ घर्तीमगरले नेपाल देशमा संचालित मार्सल आर्ट खेलहरुले अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरमा धेरै मेडल लिने खेल र नेपाल देशको शिर उचो राख्ने खेल भएको त्यसमा पनि तेक्वान्दो खेल अझ उच्च स्थानमा रहेको कुरा बताउनु भएको थियो । रोल्पा जिल्ला खेलकुद जिल्लामा क्रियाशिल सबै संघ तथा खेल विधालाई समान रुपले समेटेर लाने र हाल जिल्लामा सञ्चालन भैरहेको स्थानीय तह स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड सबै स्थानीय तहले संचालन गरी जिल्ला स्तरीय प्रतियोगितामा जिल्लाको १० वटै स्थानीय तहबाट सहभागी हुने विश्वास पनि दिलाउनुका साथै राष्ट्रपति रनिङ शिल्डको लागि संघीय सरकारबाट थोरै बजेट विनियोजन हुने र थप स्थानीय तहबाटै व्यवस्था हुने भएकोले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा जिल्ला खेलकुद विकास समिति नै आयोजक रहने व्यवस्था रहेकोले जिल्लाको सबै स्थानीय तहबाट जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगितालाई सम्पन्न गर्नको लागि जिल्लाको सबै स्थानीय तहहरुबाट थप बजेटको व्यवस्था गर्नुपर्नेमा भन्नेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो ।

 

सभाअध्यक्ष, रोल्पा जिल्ला तेक्वान्दो संघका अध्यक्ष तथा रोल्पा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष हेमन्त खत्रीले नेपाल तेक्वान्दो संघको नियमित कार्यक्रम अनुसार ग्रेडिङ परीक्षा सम्पन्न गरिएको र गाउँ, समाज, स्थानीय, प्रदेश हुदै केन्द्रीय स्तरसम्म तेक्वान्दो खेलको माध्यमबाट देशको नागरिक स्वस्थ भयो भने राष्ट्र पनि स्वस्थ रहने र नेपाल तेक्वान्दो संघको विधान कार्यक्रम अनुसार ग्रेडिङ कार्यक्रममा सहभागी हुने खेलाडीहरुलाई यहाँहरुले पनि तेक्वान्दो खेलको माध्यमिक र उच्च माध्यमिक तहको परीक्षामा सफलता पूर्वक सहभागीता र सौहार्दपूर्ण रुपमा सबै जनाले उत्कृष्ट प्रर्दशन गर्नु भएकोले सबै जनालाई सफलताको शुभकामना सहित परीक्षार्थीहरुलाई अव यहाँहरुको आआफ्नो पालिका गाउँमा तेक्वान्दो खेलको विकासमा थव टेवा पुर्याउनु हुनेछ भन्ने शुभकामना समेत दिनु भएको थियो । साथै ग्रेडिङ परीक्षार्थीकरुको परीक्षा लिएको सम्पूर्ण कागजातहरु जिल्लाले प्रदेशमा र प्रदेशले अनुमोदन गरी केन्द्रमा पुर्याई केन्द्रले रिजल्ट निकालेने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्