Ad image

‘एक घर एक झाडु’ भन्ने नाराका साथ सरसफाइ अभियानमा — वडा अध्यक्ष डाँगी

मालश्री खबर
मालश्री खबर २७ माघ २०७९, शुक्रबार
3 Min Read
Aa

उमा बस्नेत

मालश्री खबर,माघ २७ गते, रोल्पा ।

‘एक घर एक झाडु’ भन्ने नाराका साथ सरसफाइ अभियानमा जुटेको रोल्पा नगर पालिका वडा नं २ का वडा अध्यक्ष प्रकाश डांगीले बताउनु भएको छ । बजार क्षेत्रमा सरसफाइ अभियान चलाउन कष्टकर हुँदा हुदै पनि वडा भित्रका विभिन्न टोललाई समुहमा विभाजन गरी सरसफाई अभियानको थालनि गरेको बताउनु भयो । वडा नं २ को देउरालिदेखी पधेरी खोला सम्मका घरधुरीलाई १२ टोलमा बिभाजन गरि सरसफाइ अभियान चलाएको उल्लेख गर्र्नुभयो । स्वस्थ जिवन जिउन स्वस्थ र स्वच्छ वाताबरणको आबश्यक पर्ने भएकाले पनी आफुले यो कदम चालेको जानकारी गराउनु भएको छ । । मालश्री संम्बाद कार्यक्रममा पत्रकार गणेश केसी सगंको कुराकानिमा बोल्दै वडा अध्यक्ष डाँगीले सो कुरा बताउनु भएको हो ।

 

- Advertisement -
Ad image

 

एक हप्ता पहिले रोल्पा नगरपालिका वडा नंंं. २ को विचबजारदेखि कालो पहिरा सम्म सरसफाइ गरिएको बताउदै वडाले गठन गरेको विभिन्न टोल विकास संस्थाहरुकोे पहलमा सरसफाइ गरिएको डागीले बताउनु भयो । बजार क्षेत्रमात्र नभई आगामी दिनमा क्रमैसंग रोल्पा नगरपालिका वडा नं. २ का सम्पुर्ण वस्तिहरुमा सरसफाई अभियान चलाइने कुराकानीको क्रममा बताउनु भएको छ । गत हप्ताको सरसफाइ अभियानमा विचवजारदेखि कालो पहिरा सम्मका घर धनिहरु, सम्पुर्ण व्यापारी, यातायात तथा होटेल व्यवसायी, प्रहरी, स्थानिय वुद्धिजीवि लगाएतको सहभागिता रहेको उहाले बताउनु भयो । वडामा संचालन हुने विभिन्न विकास निमार्णका योजनाहरु, चेनतामुलक कार्यक्रमहरु, विभिन्न गोष्ठि तथा कार्यक्रमहरुमा समन्वयकारी र अनुगमन गर्ने गरि वडा नं. २ मा १४ वटा भन्दा धेरै टोल विकास समितीहरु गठन गरिएको जानकारी दिनुभएको छ ।

 

सोही टोल विकास समितीको समन्वयमा केही समय सम्म सरसफाइ अभियान चलाइने र त्यस पश्चात् सम्वन्धित ब्यक्ति, व्यवसायीहरुले नै आफ्नो घर, पसल वरपरको वातावारण सुन्दर राखि सभ्य नागरीकको पहिचान दिन समेत आग्रह गर्नु भयो । वडालाई सुन्दर, सफा र आकर्षक बनाउनका लागि पसल अगाडी राखिएका समानहरुलाई व्यवस्थित गर्नु पर्ने, काठबाट बनाइएका ढेयापरी तथा घरहरुमा रङ रोगन गर्न आग्रह गर्ने, घर अगाडि फुल सहितको गमला र डस्टविन राख्न सबैलाई आग्रह गरिएको डाँगीले बताउनु भएको छ । वडा भित्रका विभिन्न स्थानमा सडक बत्ति राख्ने, सडकमा अनावश्यक सवारी साधन पार्किङ गर्न नपाइने, वजारका सडक तथा नालाहरु सफा गर्न नागरिकहरुनै अग्रसर हुन प्रोत्साहन गरिने सेमत उहाले कुराकानीको क्रममा बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्