Ad image

जनसेवक प्राथमिक विद्यालयको नबनिर्मित प्रबेशद्धारको उद्धघाटन

मालश्री खबर
मालश्री खबर २७ माघ २०७९, शुक्रबार
2 Min Read
Aa

मालश्री खबर,माघ २७ गते, रोल्पा ।

श्री जनसेवक प्राथमिक विद्यालयको प्रबेदद्धारको निमार्ण कार्य सम्पन्न भएको छ । थवाङ गाउँपालिका वडा नम्बर ५ उवाँ कोटबारा रोल्पामा रहेको उक्त विद्यालयले नबनिर्मित प्रबेशद्धारको आज एक कार्यक्रमका विच उद्धघाटन गरेको छ ।

विद्यालयका संस्थापक अध्यक्ष तथा पुर्व भारतिय सेना तेजबहादुर घर्तिको आर्थिक सहयोगमा विद्यालयले प्रबेशद्धार निर्माण गरेको विद्यालय प्रशासनले जनाएको छ । घर्तिले प्रबेशद्धार निमार्णको लागि नगद रु १ लाख ५० हजार सहयोग गर्नुभएको थियो ।

- Advertisement -
Ad image

 

 

प्रबेशद्धार उद्धघाटन कार्यक्रममा बोल्दै उक्त कार्यक्रमका प्रमुख अतिथी तथा थवाङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष्ँ गोबर्धन घर्तिले विद्यालयको भौतिक निर्माणमा सहयोग गर्ने तजेबहादुर घर्तिप्रति कृतज्ञता व्यक्त गर्नु भएको छ । विद्यालयको स्तर उन्नतिको लागि सहयोग गर्ने यस्ता हातहरु सदैब सक्रिय भएमा विद्यालयको शिक्षाका साथै भौतिक पुवाधार विकासमा झनै टेवा पुग्ने बताउनु भएको छ ।

 

उक्त विद्यालय वडा नम्बर ५ मै उत्कृष्ट भएकाले विद्यालयको शैक्षिक सुधारमा लागिपर्ने अविभावक, शिक्षक लगाएत अन्य व्यक्ति विषेश धन्यबाद समेत दिनुभयो । साथै आगामी दिनहरुमा विद्यालयको थप प्रगतिको कामना समेत गर्नु भएको छ । अध्यक्ष घर्तिले स्थानिय सरकारले पनि विद्यालयएको सर्बाङगीन विकासको लागि सधै सकारात्मक भएर लागि परेको प्रतिक्रिया जनाउनु भएको छ ।

 

विद्यालय व्यवस्थापन समितिका अध्याक्ष पुर्भान पुनको अध्यक्षतामा सुरुवात भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक अईतराम थापाले गर्नु भएको थियो भने स्वागत मन्तव्य विद्यालयका प्रध्यानाअध्यापक मधुकर आचार्यले राख्नुभएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array