लुङ्ग्री गाउपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मालश्री खबर
मालश्री खबर २६ माघ २०७९, बिहीबार
1 Min Read
Aa

मालश्री खबर, माघ २६ रोल्पा ।

रोल्पाको लुङ्ग्री गाउपालिकामा माध्यमिक विद्यालय स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार बाट सुरु भएको गाँउपालिकाले जानकारी दिएको छ । लुङ्ग्री गाउपालिका व्यवस्थापक भएको दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने आयोजक भने बराहक्षेत्र माध्यमिक विद्यालय रहेको बराहक्षेत्र माद्यामिक बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष झपेन्द्र बिष्टले जानकारी दिनु भएको छ ।

लुम्बिनी प्रददेश सभा सदस्य दिपेन्द्र कुमार पुनको प्र्रमुख आतिथ्यतामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एक भब्य औपचारीक कार्यक्रमको बिच उद्घाटन गरिएको आयोजकले जानकारी दिएको छ । बिहिबार देखि सुरु भएको प्रतियोगिता यही माघ २९ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा लुङ्ग्री गाउँपालिकाभित्र रहेका नेपाल राष्ट्रिय मावि पाङ, सरस्वती मावि दाईवाङ, मावि छिउदर, गोकुल मावि सिर्प, सामाजिक मावि जुतुङखोला, गौरिशंकर मावि नम्जा, बराहक्षेत्र मावि किलाचौर, जनज्योति मावि गुम्चाल र नेपाल राष्ट्रिय मावि हार्जङ गरि गाँउपालिका भित्रका ९ वटा बिद्यालयहरुको सहभागि रहेको छ ।

दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद््घाटन कार्यक्रममा जिल्ला समन्वय समिती रोल्पाका समन्वय प्रमुख सिता आचार्य, लुङ्गी गाँउपालिका प्रमुख भरतकुमार थापा, लङ्ग्री गाउपालिकामा उपाध्यक्ष दिलकुमारी गुरुङ, गाँउपालिकाका प्रमुख प्रसासकिय अधिकृत धर्मराज बुढा, वडा अध्यक्षहरु,गाँउपालिका भित्र क्रियाशिल बिभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधी, बिद्यालयका शिक्षक कर्मचारी, प्रतियोगितामा सहभागी बिद्यार्थिहरु लगाएत स्थानियहरुकोे सहभागिता रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्