Ad image

रोल्पा नगरपालिकाद्धारा प्रजिअ घिमिरेको स्वागत

मालश्री खबर
मालश्री खबर २६ माघ २०७९, बिहीबार
2 Min Read
Aa

मालश्री खबर, माघ २६ रोल्पा ।

रोल्पा नगरपालिकाको आयोजनामा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको स्वागत कार्यक्रम सम्पन्न भएको छ । प्रजिअ घिमिरे रोल्पा आएको एक साता पुग्न लागेको छ । नगरपालिकाको सात्ताले स्थित भवनमा आयोजना गरिएको उक्त स्वागत कार्यक्रममा बोल्दै प्रजिअ घिमिरेले रोल्पा नगरपालिकामा सबैभन्दा पहिले ट्राफिक ब्यवस्थापन तर्फ ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

नगरका जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहकार्यमा ट्राफिक ब्यवस्थापन, अटो सञ्चालनको मापदण्ड लगायतका विषयहरु अति गम्भीर र संवेदनशील रहेको उहाँको भनाई थियो । शान्ति सुरक्षाको सन्र्दभमा विभिन्न घटनाहरु घटन सक्ने भएको हुँदा अटो सञ्चालनमा प्रकृयागत ढंगले अगाडी बढन स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको सहकार्य हुनुपर्नेमा उहाँको जोड रहेको थियो ।

- Advertisement -
Ad image

नव प्रजिअ घिमिरेको स्वागत गर्दै रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीले जिल्ला प्रशासन कार्यालय रोल्पाबाट पासर्पोट लगायत विभिन्न कागजी प्रकृयाका क्रममा नागरिकहरुले सास्ती खेप्न नहुनेमा अनुरोध गर्नुभयो । कैंयौं दिन सम्म पनि राहदानी बनाउन नसकीरहेको जस्ता विभिन्न जनगुनासोको समाधान गर्न जिल्ला प्रशासन कार्यालयले तदारुकता देखाउन उहाँको आग्रह थियो ।

ट्राफिक ब्यवस्थापन लगायत विभिन्न समस्याहरुलाई हल गर्नका लागि जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्हरी कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतसँग सहकार्य गरेर अघि बढनेमा उहाँले जोड दिनुभयो । रोल्पाली नागरिकहरुलाई सरलढंगले सेवा प्रवाह गर्न नगर प्रमुख थापा घर्तीले प्रजिअ घिमिरेलाई आग्रह समेत गर्नुभयो ।

नगर उपप्रमुख गिता आचार्य, रोल्पा न.पा. ५ नम्बर वडा अध्यक्ष तोप बहादुर नेपाली, रोल्पा नगरपालिकाका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरुको सहभागितामा भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले गर्नुभएको थियो । स्वागत कार्यक्रममा फुलमाला , खादा तथा अबिर लगाएर नगर प्रमुख, उपप्रमुख लगायतले स्वागत गर्नुभएको नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

  

प्रतिक्रिया दिनुहोस्

Array