Ad image

ग्लोबल आइएमई माडिचौरद्धारा ब्यवसायीक बाख्रा पालन तालीम प्रदान

मालश्री खबर
मालश्री खबर २६ माघ २०७९, बिहीबार
2 Min Read
Aa

सन्दिप डाँगी
ग्लोबल आइएमई लघुवित्त वित्तीय सस्था लि। शाखा कार्यालय माडीचौर रोल्पाले माडी गाउँपालीका वडा नं। ५ भावाङ्गमा दुई दिने व्यवसायीक वाख्रा पालन तालीम सम्पन्न गरेको छ । माघ २५ र २६ गते सञ्चालित उक्त बाख्रापालन तालिमको उदघाटन र्कायक्रममा माडी गउँपालिका वडा नं। ५ का वडा अध्यक्ष तेजेन्द्र ब बुढामगर, वडा सदस्य रत्न ब। डांगी, प्रहरी चौकी भावाङ्गका प्रतीनिधी लोक ब भण्डारी, समुदायीक स्वास्थ्य इकाई केन्द्रका प्रतिनिधी निता डांगी, वित्तीय सस्थाका लुम्बीनी , कर्णाली र सुदुर पश्चीम प्रद्रेश हेर्ने प्रदेश प्रमुख बसन्त सुवेदी, अनुगमन अधिकृत सजन कुमार थारु, शाखा कार्यालय माडीचौरका शाखा प्रमुख कमल पुन मगर साथै कर्मचारी सन्तोष सुवेदी को उपस्थीती रहेको थियो । व्यवसायीक बाख्रापालन तालिममा ईच्छुक ५० जना स्थानीय महिलाहरुको सहभागिता रहेको उक्त तालिमलाई प्रशिक्षक खडक राज वली ले दुई दिन सम्म बाख्रापालन व्यवसायको व्यवहारीक प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

तलिम कार्यक्रममा बोल्दै माडी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष तेजेन्द्र ब बुढामगर ले वित्तीय सस्ंथाले वित्तीय कारोबार सँगै सिपविकास तालिम सञ्चालन समेत गरी सह्रानिय कार्य गरेको भन्दै स्थानीय महिलाहरुलाई यस्तो तालिम उपलब्ध गराएकामा वित्तीय सस्थालाई धन्यवाद प्रदान गर्नुभयो । साथै वडाअध्यक्ष बुढामगरले सहभागी सदस्यहरुलाई वित्तीय संस्थाले घरआँगनमा नै उपलव्ध गराएको वित्तीय कारोवार तथा कर्जाको सदुपयोग गर्न र आयस्तर वृद्दी गर्न सकेमा रोजगारीको खोजिमा अन्यत्र भौतारिन नपर्ने वताँउदै स्थानिय सरकारको कृषी पकेट क्षेत्र अवधारणामा वित्तीय संस्थाले सञ्चालन गरेको तालिमले समेत सहयोग पुग्न सक्ने व्यक्त गर्नुभयो । वित्तीय संस्थाका प्रदेश प्रमुख बसन्त सुवेदी ले सहभागी हरुलाई व्यवसायिक वन्न तालिममा प्राप्त ज्ञानलाई व्यवहारमा उतारी आफु र आफ्नो परिवारको आर्थिक अवस्था सुधार गर्दै आफ्नै गाँउमा स्वरोजगार वन्न आग्रह गर्नुभयो ।

विजयपुर, पोखरा केन्द्रीय कार्यालय रहेको ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र वैंक वाट घ वर्गको वित्तीय कारोवार गर्न स्विकृती प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था हो । वित्तीय संस्थाले देशभरी रहेका ११९ वटा शाखा कार्यालयहरु मार्फत करिव १ लाख ५० हजार घरपरिवारलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array