Ad image

सत्प्रयास समुह र रोल्पा अस्पतालको सहकार्यमा बालकल्यान नमुना माबिका बिद्यार्थिहरुको निशुल्क दात र आँखाको चेकजाच

मालश्री खबर
मालश्री खबर २५ माघ २०७९, बुधबार
4 Min Read
Aa

लोकेन्द्र चन्द/मालश्री खबर, माघ २५ रोल्पा ।

सत्प्रयास समुह रोल्पा र रोल्पा अस्पताल रेउघा रोल्पाको सयुक्त सहकार्यमा बुधबार बालकल्यान नमुना माद्यामिक बिद्यालय लिबाङमा कक्षा २ मा अध्यनतर बिद्यार्थिहरुको दात र आँखाको निशुल्क चेकजाच गरिएको छ । सत्प्रयास समुह रोल्पाका अभियान्ता खेम बहादुर बुढामगर, कुल बहादुर डाँगी, हिराबहादुर घर्तिमगर र रोल्पा अस्पताल रेउघाका डेन्टल सर्जन डाक्टर पुजा कुवर, नेत्र साहेक दिपा अधिकारी, बालकल्यान नमुना माबि लिबाङका प्रध्यानाध्यापक मदुसुदन पोख्रेल, बिद्यालय व्यवस्थापन समितीका सदस्य जित बहादुर डाँगी, नागरिक दैनिकका पत्रकार दिनेश सुबेदी, नेपाल पत्रकार महासँग रोल्पाका सचिव एंव रेडियो मालश्रीका पत्रकार लोकेन्द्र चन्द, रेडियो जलजलाका दिपक पुन, रेडियो रोल्पाका तिलक घर्तिमगर, स्थानिय आमा समुहका अध्यक्ष, कक्षा दुईमा अध्यनरत बालबालिकाको अभिभाबक लगाएतको उपस्थितीमा चेकजाच गरिएको सत्प्रयास समुह रोल्पाले जानकारी दिएको छ ।

कक्षा २ मा अध्यनतर ६ बर्ष देखि ८ बर्ष उमेर समुहका ८७ जना बिद्यार्थिहरुको दन्त चेक गरिएको बताइएको छ । दन्त चेक गरिएको मध्यमा ७८ जना बिद्यार्थि बालबालिकाहरुको दातमा किराले खाएको २७ जनाको दात हल्लिएको र ४९ जनाको समयमा दात नफालेको समस्या देखिएको रोल्पा अस्पताल रेउघाकी डेन्टल सर्जन डाक्टर पुजा कुवरले जानकारी दिनु भएको छ ।

- Advertisement -
Ad image

त्यस्तै कक्षा २ मै अध्यनतर जम्मा ८७ जना बिद्यार्थि बालबालिकाहरुमा आँखाको कलर भिजन र भिजन एक्यूरी चेक गरिएको मा ३ जनामा आँखामा एलर्जिको समस्या, १ जनामा आँखा पाक्ने समस्या र ५ जनामा आँखाको दृष्टी कम्जोर भएको समस्या देखिएको रोल्पा अस्पताल रेउघाकी नेत्र साहेक दिपा भन्डारीले जानकारी दिनु भएको छ ।

दात र आँखामा समस्या देखिएका बालबालिकाको थप उपचारको लागी बिद्यालयका प्रध्यानाध्यापक मधुसदन पोख्रेल सँगको परार्मशमा बिद्यालयमै दातको चिकित्सकलाई बोलाएर थप उपचारको व्यवस्था मिलाउने र आँखाको समस्या भएका बिद्यार्थि बालबालिकाहरुको लागी उनीहरुको अभिभाकलाई जानकारी गराएर रोल्पा अस्पताल रेउघामा लगेर थप उपचार गर्ने सत्प्रयास समुह रोल्पाका अभियान्ता एंव रोल्पा अस्पताल रेउघाका सिनियर अहेव तथा सुचना अधिकारी कुल बहादुर डाँगीले जानकारी दिनु भएको छ ।

सोहि कार्यक्रमको अवसर पारेर रोल्पा अस्पताल रेउघाकी डेन्टल सर्जन डाक्टर पुजा कुवरले बालबालिकाहरुले दातलाई कसरी सुरक्षित राख्न सकिन्छ, दैनिक कति पटक ब्रस गर्ने, कस्तो ब्रस र मञ्जनको प्रयोग गर्ने, कति—कति समयमा दातको नियमित चेकजाँच गर्ने, आफ्नो बालबालिकाको दात सुरक्षित राख्नको लागी अभिभाबकले कस्तो भुमिका खेल्नु पर्दछ, सके सम्म दात सुरक्षित राख्नको लागी गुलियोे खाने कुराको सेवन कम गर्ने लगाएको जानकारी गराउनु भएको थियो । डेन्टल सर्जन डाक्टर पुजा कुवरले कसरी ब्रस गर्न सकिन्छ भनेर प्रत्यक्ष रुपमा प्राक्टिकल गरेर समेत देखाउनु भएको थियो ।

कार्यक्रममै रोल्पा अस्पताल रेउघाकी नेत्र साहेक पुजा भण्डारीले आँखालाई सुरीक्षत कसरी राख्न सकिन्छ, किन समय समयमा आँखाको चेकजाँज गराँउनु पर्छ ,आँखा सुरक्षित राख्नलाई किन धेरै हरियो साग साप खाने, चस्माको प्रयोग किन र कस्तो अबस्था गर्ने लगाएतको बारेमा जानकारी गराउनु भएको थियो ।


रोल्पा अस्पताल रेउघाका सिनियर अहेब तथा सुचना अधिकारी एंव सत्प्रयास समुह रोल्पाका अभियान्ता कुल बहादुर डाँगीले जङफुड सेवन गर्दा मान स्वास्थ्यमा कस्तो खालको समस्या आँउन सक्छ, जङफुड सेवन बाट आफ्ना बाल बच्चालाई अभिभाबकले कसरी बचाउने भन्ने बारेमा जानकारी गराउनु भएको बताइएको छ । कार्यक्रममा सत्प्रयास समुह रोल्पाले कक्षा २ मा अध्यनरत ८७ जना बालबालिकाहरु लाई निशुल्क ब्रस समेत बितरण गरेको छ ।
बालबालिकाहरुमा दात र आँखाको समस्या पनि धेरै हुने गरेको हुनाले यस्तो प्रकारकोे कार्य चेकजाच गर्नको लागी सबै बिद्यालय र अभिभाबकहरुले अग्रसरता देखाउन सकेमा धेरै बालबालिकाहरुको मुख दात र आँखाको समस्या कम भएर जाने स्वास्थ्य क्षेत्रका जानकाहरु बताउछन् ।
आफ्नो बिद्यालयमा आएर बिद्यार्थिहरुको मुख दात र आँखाको निशुल्क रुपमा चेकजान गरेर बिद्यार्थि र बिद्यालयको लागी स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै बिद्यालयका प्रध्यानाध्यापक मधुसुदन पोख्रेलले सत्प्रयास समुह रोल्पा र रोल्पा अस्पताल रेउघा रोल्पालाई धन्याबाद समेत दिनु भएको छ । कार्यक्रमको सहजिकरण सत्प्रयास समुह रोल्पाका अभियान्ता एंव पत्रकार खेमबहादुर बुढामगरले गर्नु भएको थियो ।

    

प्रतिक्रिया दिनुहोस्

Array