Ad image

सुनछहरी गाउँपालिकाले फाल्गुन १ गते सार्वजनिक बिदा दिने

मालश्री खबर
मालश्री खबर २५ माघ २०७९, बुधबार
1 Min Read
Aa

जुनिस कुमार बिष्ट /मालश्री खबर, माघ २५ रोल्पा ।
महान जनयुद्ध सुरुवात भएको दिन भनेर फाल्गुन १ गते रोल्पाको सुनछहरी गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको माघ २४ गते बुधबारका दिन भएको भएको १३ औं दिँउदे गाउँ सभा बाट उक्त निर्णय पारित गरेको गाँउपालिकाले जानकारी दिएको छ ।

साथै गाउँपालिकाले नेपालका प्रथम सहिद लखन थापाको स्मृतिमा फाल्गुन २ गते ,चैते दशैको अवसरमा चैत्रको अष्टमी तिथिको दिन र भुमे पर्वको अवसरमा असार २ गतेका दिन समेत स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष धनबहादुर पुनले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array